आइतबार, चैत १६ २०७६
काठमाडौं २३:१२
वासिङटन डिसी 13:27

कोरोना नियन्त्रणका लागि दैनिक दुइपटक भगवानको प्रार्थना गर्न राजन जेडको अपिल

इनेप्लिज २०७६ चैत ८ गते १०:३९ मा प्रकाशित

भर्जिनिया, अमेरिका । युनिभर्सल सोसाइटी अफ हिन्दुइज्मका सभापति राजन जेडले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको नियन्त्रणका लागि प्राप्त भौतिक सामग्रीहरुको प्रयोग संगसंगै भगवानको आराधना गर्न पनि अपिल गर्नुभएको छ ।

सभापति जेडले एक विज्ञप्ति जारी विश्वभर रहेका करिव १.१ अर्व हिन्दुहरुलाई कोरोना नियन्त्रणका लागि दैनिक दुइपटक भगवानको प्रार्थना गर्न आग्रह गर्नुभएको छ । उहांले घरमा वा मन्दिरमा जहांभएपनि शुद्ध मन र एक चित्तका साथ गरिने प्रार्थनालाई भगवानले सुन्नुहुन्छ भन्दै यस्ता पुजापाथ मन्त्रहरु भनेर, धार्मिक ग्रन्थ पढेर, आरती र भजनहरु गाएर वा पुजा लगाएर पनि गर्न सकिने वताउनु भएको छ ।

 

प्रतिक्रिया