मंगलबार, असोज ५ २०७८
काठमाडौं ०५:५६
वासिङटन डिसी 20:11

कोरोना भाइरसका कारण पिडित समुदायलाई सहयोग गर्न सामाजिक संस्थाहरूमा अपिल

इनेप्लिज २०७६ चैत ८ गते ०:४६ मा प्रकाशित

ईनेप्लिज । कोरोना भाइरसका कारण पिडित समुदायलाई सहयोग गर्न लेखक सुनिलमणि दाहालले सामाजिक संस्थाहरुमा अपिल गर्नु भएको छ ।

अपिल यस प्रकार छ :

कोरोना भाइरसको विश्वव्यापी सन्त्रास र यसले निम्त्याएको अहिलेको अवस्था चानचुने र छिट्टै साम्य हुने अवस्था होइन। रोग फैलन नदिन सरकारले विभिन्न सुरक्षात्मक योजनाहरू कार्यान्वयन गरेको छ ।

र,अधिकांश मान्छेहरू काम छोडि घरको कोठामा सुरक्षाका लागि बस्न बाध्य भएका छन।यसै प्रयोजनका लागि अल्पकालका लागि सावधानी स्वरूप सरकारी, निजी कार्यालय,होटल,रेष्टुरेन्ट,स्टोर,उबर,लिफ्ट लगायतका रोजगारदायी संस्थाहरू समेत धमाधम बन्द गरिदै छन।

अमेरिकामा नेपाली भाषीहरूद्वारा स्थापित र संचालित संघ संस्था र समाज धेरै छन l यस्तो बिषम परिस्थितिको कोरोना भाइरसको महामारीमा कुनै अमेरिकन नेपालीलाई आर्थिक अभाव, खानपानको अभाव अथवा कोरोनाको चपेटामा परेर दैनिक गुजारा चलाउन सारो गार्हो परेकोहरूका बारेमा विवरण संकलन गरी आवश्यक सहयोग गर्नलाई पहल गर्न सम्वन्धित क्षेत्र/शहर अवस्थित सवै सरोकारवाला सामाजिक/सामुदायिक संघ संस्था र समाजलाई अपिल गर्दछु।

अव सहयोग गर्ने बेला आएको छ l यस्तै सहयोगका लागि समुदायमा सामाजिक संस्थाहरूको महत्व र खाचो रहन्छ । यस्तो बिपतको घड़ीमा मानवता र धर्म सम्झेर सहयोग गर्न सवै संघ संस्था र समाज एकजुट हुन र आपसमा सूचना आदान र सहयोगको पहलका लागि आ-आफ्नो सिटि(शहर) मा समिति बनाई कार्य आवश्यक गर्न देखिन्छ ।

र ,यी सहयोगी हातहरूलाई साथ दिन आफु सदैव तयार रहेको व्यहोरा समेत जानकारी गराउछु ।

प्रतिक्रिया