सोमबार, असोज ११ २०७८
काठमाडौं ०३:२०
वासिङटन डिसी 17:35

कोरोना भाइरसको कारण अमेरिकामा कर दाखिला गर्ने अन्तिम समय जुलाई १५ सम्म तानियो

इनेप्लिज २०७६ चैत ८ गते ०:०७ मा प्रकाशित

कोरोना भाइरस कोभिड-१९ को प्रभावको कारण अमेरिकामा कर दाखिला गर्ने मिति जुलाई १५ सम्म तानिएको छ । हरेक बर्ष अप्रिल १५ सम्म कर दाखिला गर्नु पर्ने अन्तिम समय भएता पनि यस पटक बिश्व भर महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण ९० दिन पछि सम्म सारिएको हो ।

मार्च २० शुक्रबारका दिन राज्य कोष (ट्रेजरी)बिभागका सचिव स्टेभेन मुचिनले सामाजिक संजाल ट्वीट मार्फत कर दाखिला(ट्याक्स फायल) गर्ने समय अप्रिल १५ देखि जुलाई १५ सम्म सारिएको जनाएका छन् ।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार अप्रिल १५ देखि जुलाई १५ सम्म सारिएको बताए । सबै करदाताहरू र व्यवसायहरूसँग ब्याज वा जरिवाना बिना भुक्तानी गर्ने र भुक्तानी गर्न यस अतिरिक्त समय हुनेछ। ”

सरकारको पछिल्लो तथ्यांक अनुसार मार्च १३ सम्म आईआरएस (अन्तरिक राजस्व सेवा)मा ७६ मिलियन( झन्डै ८ करोड) मानिसहरुले कर दाखिला गरि सकेका र ५९.२ मिलियन( ६० करोड डलर)कर दाखिला गर्नेहरुलाई रकम निकासी गरि सकेको छ ।

औसत धनादेश(चेक )को रकम २ हजार ९ सय ७३ अमेरिकी जनतालाई परेको छ ।

श्रोत :युएसए टुडे ,तस्बिर :फिलाडेल्फिया इनक्वाईरर

प्रतिक्रिया