कोरोनाको ऊपचार मौन र प्रार्थना

विनोद रोका, न्युर्योक २०७६ चैत ६ गते २२:३१ मा प्रकाशित

 

चिनबाट उब्जीएको कोरोना भाईरस अहिले विश्वभरमा ताण्डव नृत्य गरिरहेको छ। ह्जारौको संख्यामा मानिसहरुको कोरोनोका कारणले मृत्यु भैसकेको छ। ह्जारौै मानिसहरु ऊपचारविहिन अवस्थामा छन। यो नविन रोग भएकोले यस्को परिक्षण गर्ने सही प्रविधि र ऊपचारकालागी आवस्यक पर्ने औषधी हालसम्म विज्ञानले पत्ता लगाएको छैन। डाक्टरहरुले यो रोगको बारेमा अध्ययन नगरेका हुनाले बिरामीको उचित सेवा गर्न सकेका छैनन।

कोरोनाको उत्पती कसरी र कस्ले गरायो भन्ने विषयमा विविध समाचारहरु निस्कीएका छन। यस्को उत्पती प्राकृतिक कारणले भएको होईन। कोही भन्छन कोरोना चिनलेनै प्रयोगशालामा बनाएको जिवाणु हो। कोही भन्छन यो अमेरीकाले बनाएको हो। र यी देशहरुले आर्थिक तथा राजनैतिक उद्धेस्य राखेर यसो गरेका हुन। र यीनीहरुसंग यस्को परिक्षण गर्ने साधन र दवाई तयार छ। आदि। आदि।

मेरो दिनचर्या सदाझै बिहान युटयुबमा भेटिने आध्यात्मिक एवं यौगिक प्रवचन र बिचारहरु सुन्ने। अनि सामान्य योग र ध्यान गर्नेबाट सुरु हुन्छ। अनि साँझमा केही समय ध्यान। साप्ताहिक रुपमा प्रत्येक आईतबार सामुहिक सत्संग र ध्यान। ध्यानको क्रममा विश्व शान्ति र कल्याणको कामना त हुन्छ नै। मैले कोरोनाको बारेमा अरुले दिएका प्रवचन र जानकारीहरु तथा यौगिक एवं आध्यात्मिक व्यक्तित्वहरु, परमपुज्य बालज्ञानी गुरु आदित्य, सदगुरु, र वेदमुर्ती स्व.पं. श्रीराम शर्माजीले स्थापना गरेको गायत्री परिवार, शान्तिकुन्ज हरिद्धारबाट दिएको जानकारी पनि सुने। डा. राजु अधिकारीले सम्प्रेषण गरेको परमपुज्य बालज्ञानी गुरु आदित्यज्युबाट प्राप्त सन्देशको भावार्थ केहि दिन अगाडी पढे। बालगुरुले यो रोगबाट डराऊने भन्दा पनि सावधानी अपनाऊनु पर्छ। यस्ले विश्व अर्थतन्त्रलाई ठुलो असर पुरयाऊने देखिन्छ। सबैले मिलेर यसलाई रोक्न पार्थना गरौ।

बालगुरुले यो कोरोना भाईरस फैलिनु भन्दा अगाडीनै विश्व शान्तिका लागि महासागरहरुको पानी र विभिन्न स्थलको माटो आदि मिलाएर नेपालमा यज्ञ गर्नुका साथै एकान्त ध्यान र भारत स्थित सिरडी साई धाम आदिको धार्मिक यात्रा समेत गर्नु भएको थियो। र यो घटना पछि पनि वहा निरन्तर ध्यान र प्रार्थनाद्धारा विश्वशान्तिको लागि प्रयत्नरत रहनु भएको छ।

वेदमुर्ती स्व.पं. श्रीराम शर्माजीले १९८६ मा हरिद्धारमा दिनु भएको प्रवचनमा महाकाल की पुकार पहचाने भन्ने शिर्षकको भिडियो पनि भरखरै हेरे। वहाले त्यहीबेला पनि मै खाऊ, मै लाऊ भन्ने राक्षसी प्रवृतीेको कार्यले धर्मको नास र भविष्यमा आऊने यस्तै अनिष्ठहरुको बारेमा भविष्यवाणी गर्नु भएको रहेछ। अनि आऊने विश्व कसरी धार्मिक र समतामुलक बनाऊने भन्ने योजना पनि पस्केको सुन्दा लाग्यो युगद्रष्टाको दृष्टिमा यी घटनाहरु पहिलनै घटि सकेका थिए। श्रीराम शर्मालाई वहाका पुर्व जन्मका गुरु शर्वेस्वरानन्द महाराजले हिमालयबाट आई ज्योतिरुपमा दर्शन दिनुभयो। र गायत्रीको दिक्षा दिई हिमालयमा बोलाएर साधना गराई नवयुग निमार्णको जिम्बेवादी सुम्पिनु भएको थियो।

विज्ञान र प्रविधि अनि संचार र यातायताको क्षेत्रमा भएको प्रगतीले आज विश्व सानो भएको छ। पर्यावरण प्रदुषित छ। मानिसहरुको सोचाई प्रदुषित छ। सोचाई पनि त्यसरी नै साघुरिएर गएको देखिन्छ। राजनैतिक र आर्थिक स्वार्थका लागि एकले अर्कालाई मार्न पनि हिचकिचाऊन छाडिएको छ। सकारात्मक भन्दा नकारात्मक भावको मात्रा परिवेशमा बढी छ।

बिधुतिय संचार र सम्प्रेषणको यो सस्तो र सजिलो समयमा सहि र सत्य खवरहरुको अभाव छ। हामीहरु प्राय मोवाईल, फेसबुक, मेसेन्जर, युटयुव, टिभि, र अन्य वनलाईनका श्रोत र साधनको नसामा डुबेका छौ। अनि जतिखेर पनि यीनैमा रमाउछौ। हामी जे पनि पढछौ।सुन्छौ। हेर्छौ। अनि सहि र सत्यको प्रभानै
नगरी त्यही सामाग्री अरुलाई फरवार्ड गर्छौ। यतिले नपुगेर फोन गरेर त्यस्मा मरमसला थप्छौ। आफुले थपे पछि अर्कोले पनि पैचो तिरेझैँकेही गार्वेज थपेर सुनाऊछौ । यो बानी हाम्रो शरिरको प्रत्येक अणुको डिफल्ट सिस्टममा सेट भएको छ। त्यसैले नसा गर्नेले अब नसा गर्न छोडछु भनेर छोडन नसकेझै। फेशबुक बन्द गर्छु भनेर गर्ननसकेझै हामी आफु पनि तनावमा रहन्छौ। अरुलाई पनि तनावमै राख्छौ। सहि र सत्य कुरा के हो त्यो बुझ्न पटिृ लाग्दैनौ। कागले कान लग्यो भन्दा कान नछाामीकन कागको पछि दौडिएको मान्छेको अवस्थमा हामी छौ।

विश्वको अन्य मुलुकमा झैँ अमेरीकामा पनि कोरोनाको प्रवेश भै सकेको छ। अहिले बजारमा सामानको हाहाकार छ। हामीहरुलाई डर छ। मरि हालिन्छ कि ? भन्ने। अनि चाहिने भन्दा बढी सामान किनेर स्टोर रित्ता बनाएका छौ। यही बहानामा व्यापारीले कालो बजार गरी रहेका छन। सववे खाली छ। सडकहरु खाली छन। भुत बस्ने ठाऊ जस्तो। मान्छेहरु घरमै क्वारान्टाईन भएका छन। सबै त्राहीमाम छन। मोबाईलमा सबैको संसार छ। भोडका रक्सी पिऊने। रक्सी र मासु छोडेर सात्विक भोजन गर्ने। प्राणायाम, योग, मन्त्रजाप, र ध्यान गर्ने सम्मका उपायहरु अपनाएर कोरोनाबाट बच्न सकिने मेसेजहरु फरवार्ड र व्याकवार्ड गरि रहेका छौ। हामीहरुले घरमै बसेर पनि रक्सी र मासु खान छोडेनौ। किनकि यो हाम्रो डिफल्ट सिस्टममा सेट भै सकेको छ। तर प्राणायाम, योग, मन्त्रजाप, र ध्यान गर्न। ओंम नम शिवाय, महामृत्युन्जय मन्त्र, गायत्री मन्त्र जपेर कोरोना र यसबाट असर परेकाहरुको शान्तिका लागि प्रार्थना गर्न भने सकेका छैनौ। बरु अलि बढी समय सुत्ने मौका पायौ। मन्दीर जाने त प्रश्नै भएन। किनकि मन्दीरहरुमा पनि क्वारेन्टाईनको सुचना टासिएका छन। र एऊटा जान नसक्ने बहाना बनेको छ।

सनातनीय आध्यात्मिक साहित्य र अवतारी गुरुहरुको अनुभवले भन्छ कि जन्म र मृत्यु निश्चित छ। अनि जिवले आफनो प्रारब्ध अनुसार भोग्ने कर्म पनि सामान्यतया जन्मसंगै लिएर आएको हुन्छ। जिवले आफुसंग लिएर आएको प्रारब्ध कर्मफललाई ओशोले एसेन्सीयल, सेमी एसेन्सीयल, र नन एसेन्सीयल गरी वर्गिकरण गरेका छन। जन्मस्थान, जन्म, मृत्यु, बिवाह, सन्तान, लगायतका घटनाहरु एसेन्सीयल अर्थात अपरिवर्तनीय छन। त्यसर्थ बेला आएपछि मान्छे जन्मने र काल आएपछि मर्ने सास्वत नियमित प्रकृया हुन। समय आए पछि मान्छे जहा र जसरी पनि मर्दछ। कष्ट भोग्ने गर्दछन। देख्दा मात्रै आकस्मित लाग्दछ। तर घटना भने नियमित रुपले निर्धारित भएकै समयमा घटछ। बालकृष्णमले भनेको घटना नियमानुसारै घटेको हुन्छ। देख्दा मात्रै लाग्छ यो दुर्घटना हो। अनि लेखनाथ पौडेलले भनेको आयो टप्पटिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो।

घटनाको कारण प्राकृतिक वा मानव निर्मित जे पनि हुन सक्दछ। यी घटना व्यक्तिगत वा सामुहिक रुपबाट घटन सक्दछन। कोरोना हाम्रा सामुहिक दुष्कर्मद्धारा आएको परिणाम हो। ईतिहास हेर्ने हो प्रत्येक १०० बर्षमा ठुला महामारी फैलिएको देखिन्छ। जस्तै १७२० र १८२० मा आएका हैजाहरु र १९२० स्पेनिस फुलुले हजारौको संख्यामा मानिसहरुको ज्यान लिएका थिए।

आजको मेरो नियमित कार्य पछि म स्टोरमा गए। र केही सामान किनेर घर फर्किए।स्टोर रित्तिन आटेको थियो। घरमा मेनुका, म र हाम्रो कुकर डेजी छ। मेनुकाको बैचैनीपन, डर, र उन्ले साथीहरुसंग कोरोनाको बारेमा गरेको सम्वादको साक्षी बनेको छु। मैले उन्लाई यसरी नकारात्मक कुराहरु गरेर तनावग्रस्त नहौ भने। अनि ऊन्लाई पनि मैले सुनेका प्रवचन सुन्न अनुरोध गरे। ऊन्ले एकछिन सुनिन र भनिन यो प्रवचन त मैले सुनि सकेकी छु। यस्ता प्रवचनका कुरा मलाई भन्दा बढी उन्लाई याद रहन्छ। म प्राय बिर्सन्छु। त्यसैले म त्यही प्रवचन पटक पटक सुनि रहेको हुन्छु । मलाई प्रत्येक पटक त्यो प्रवचन नया लाग्छ। ऊन्ले भनिन अब फेशवुक बन्द गर्छु। चाहिदो नचाहिदो कुरा पोष्ट गरेको हुन्छ। मैले ऊन्लाई भने यो त तिमिले धेरै पटक भनि सक्यौ। बन्द गरेऊ भने यो टाऊको दुख्ने रोग हटछ। कोरोनाको ऊपचार मौन र प्रार्थना हो। प्राणायाम, योग, मन्त्रजाप, र ध्यान। वा ओंम नम शिवाय, महामृत्युन्जय मन्त्र, गायत्री मन्त्रको जप। भगवानले घरमै क्वारेन्टाईनमा बसेर म को हु? जन्मने र मर्ने म हु कि ? मेरा शरिर ? मेरो जिवनको लक्ष्य के हो ? त्यस्को बारेमा यथार्थ जानकारी पाऊने अवशर दिनु भएको छ। मैले यी कुराहरु भनि रहेकै अवस्थामा ऊन्को फोन आयो। मलाई लाग्यो मैले भन्न चाहेको कुरा बुज्नेगरी बुझाउनसकिन। अनि म यो लेख लेख्न तिर लागे।

प्रतिक्रिया