मंगलबार, असोज ५ २०७८
काठमाडौं ०५:३८
वासिङटन डिसी 19:53

चीनमाभन्दा ईटलीमा कोरोनाबाट मर्नेको संख्या बढी

ईटलीमा बिहीबारसम्म तीन हजार चारसय पाँचजनाको मृत्यु

यादवराज जोशी २०७६ चैत ६ गते १९:३१ मा प्रकाशित

कोरोना कोभिड १९ बाट मर्नेको संख्या ईटलीमा निकै बढेको छ । ईटलीमा बिहीबारसम्म तीन हजार चारसय पाँचजनाको मृत्यु भएको छ । चीनमा कोभिड १९ भाईरसबाट तीनहजार दुईसय ४९ जनाको मृत्यु भएको थियो ।

ईटलीमा विश्वकै उत्कृष्ठ स्वास्थ्य प्रणाली छ तर पनि कोभिड १९ बाट मानिसको मृत्यु हुने क्रम रोकिएको छैन । झन झन बढीरहेको छ । यसले विश्वलाई चिन्तित तुल्याएको छ । उत्तरी ईटलीमा एकपछि अर्कोमा संक्रमण फैलिएको छ । चीनले ईटलीमा विशेषज्ञ डाक्टरको टोली र औषधी पठाएको छ । चीनले १० हजार भेन्डीलेटर, २० लाख मास्क र २० हजार चिकित्सकले लगाउने सुरक्षित कपडा पठाएको छ ।

अहिले ईटली सम्पूर्ण देश लकडाउनमा छ । उत्तरी क्षेत्रका २० देखि ३० प्रतिसत चिकित्सक र नर्स मै संक्रमण देखिएको छ । “हाम्रो २५ जनाको टोली छ, त्यसमध्ये १० जना कोरोना प्रभावित छन,” उत्तरी क्षेत्रको एउटा अस्पतालका प्रमुख लोरेन्जो अगिताले भने, “दैनिक २०/३० जना मानिस उपचारको लागि उने गरेका छन् । उनीहरुलाई भर्ना गरेर उपचार गर्नु गर्छ तर हामीसंग बेड नै छैन ।”

विश्वमा कोभिड १९ संक्रमित हुनेको संख्या दुईलाख ३५ हजार पुगेको छ । नौहजार सातसय जनाको मृत्यु भैसकेको छ । अमेरिकामा १० हजार सातसय ७५ जना संक्रमति भएको पुष्टी भएको छ भने एकसय ६१ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया