बुधबार, असोज ६ २०७८
काठमाडौं २०:४५
वासिङटन डिसी 11:00

मारियो डियाज-वालार्ट वने पहिलो कोरोना संक्रमण हुने कंग्रेसम्यान

इनेप्लिज २०७६ चैत ५ गते २३:३५ मा प्रकाशित


भर्जिनिया, अमेरिका । फ्लोरिडावाट निर्वाचित रिपव्लिकन पार्टीका मारियो डियाज वालार्ट कोरोना संक्रमित हुने पहिलो कंग्रेसम्यान वनेका छन् । उनलाई शनिवार वेलुकादेखि टाउको दुख्नुका साथै उच्च ज्वरो आएपछि कोरोना संक्रमणको आशंका गरिएको थियो ।

कंग्रेसम्यान वालार्टलाई भर्खरै मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको छ, उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाका ५० वटै स्टेटमा अहिले कोरोनाको संक्रमण भइसकेको छ । कंग्रेसम्यान वालार्टले अहिले आफुले सहज महसुस गरिरहेको जानकारी दिंदै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया