शनिबार, असोज ९ २०७८
काठमाडौं १२:३९
वासिङटन डिसी 02:54

जो बाईडेनले जिते फ्लेरिडा र ईलिनोई , एरिजोनाको परिणाम आउदै

इनेप्लिज २०७६ चैत ५ गते २:०२ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिको लागि प्राथमिक निर्वाचनको लागि डेमोक्रेटिकको तर्फबाट उम्मेदवार बनेका पूर्व उप  राष्ट्रपति जो बाईडेनले फ्लेरिडा र ईलिनोईमा निर्वाचनमा जितेका छन ।

एरिजोनाको परिणाम आउदै छ भने कोरोना भाईरसको संक्रमणको महामारीमा मतदाताले मतदान गरेका थिए ।

अमेरिकि सिडिसि( उपचार तथा रोकथाम केन्द्र)ले १० जना भन्दा ज्यादा मानिस जम्मा नहुन मार्ग दर्शन गरे पछि जो बाईडेनले फ्लोरिडा र ईलोनोई जिते पछि घरबाट मतदाताको लागि मन्तव्य राखेका थिए ।

बाईडेनले गत हप्ता सम्पन्न महा मंगलवार( सुपर ट्युजडे) मा डेमोक्रेटिक कै शसक्त भर्मन्टका सिनेटर बर्नी स्यान्डरलाई हराएका थिए ।

बाईडेनले बर्नीका युवा मतदातालाई पनि एकता देखाउन अनुरोध गर्दै अव दलमा एकताको खाचो भएको बताएका थिए ।

बाईडेनले ईलोनिईमा ५८.३ प्रतिसत र बर्नीले ३६.९ प्रतिसत र फ्लोरिडामा बाईडेनले ६१.६ र बर्नी २२.९ प्रतिसत मत ल्याएका छन ।

अव आजको परिणामले जो बाईडेनको बाटो खुलेको छ। र संभवत बाईडेन डेमोक्रेटिक दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा मनोनयन हुनेछन र ट्रम्पसंग भिडन्त हुने छ ।

 

प्रतिक्रिया