डिसी । अमेरिकन आइडलमा छनौटमा परेका नेपाली मूलका युवा गायक दिवेश पोख्रेलको दोश्रो प्रस्तुति अझ दमदार रहन पुग्यो । अर्थर गन उपनामले गीत गाउदै आएका दिवेश अमेरिकन आइडलको ईतिहासमा सहभागीता हुने सम्भवत पहिलो नेपाली हुन् ।
काठमाडौं, नेपालमा जन्मेका र क्यानसस बस्दै आएका दिवेश अझ आत्मविश्वास साथ प्रस्तुति दिन सफल भएका छन् । उनको प्रस्तुतिले निर्णायकहरु लियोन रिची,ल्युक ब्रायन र केटि पेरि त्यतिकै बस्न सकेनन । उनीहरु दंग पर्दै आझ गाउनु भन्दै प्रोत्साहन गरेका थिए ।
उनले गीत गाउनु अगाडी नेपालीमा नमस्ते पनि भनेका थिए भने श्रोतामा वर्गमा आएकी रुपा(उनकी दिदी )ले पनि नमस्ते भनेकी थिईन । उनले गीत गाउँदा दर्शक झुमेका थिए भने निर्णायकहरु पनि झुमेका थिए ।
यस पटक उनले १९६८ मा अमेरिकन गायक ओटिस रेडिंगको गीत हार्ड टु ह्यान्डल को हियरआएम ,आएम द म्यान अन द सिन गीत प्रस्तुत गरेका थिए । उनले गीत गाइ सके पछि अझ गाउनु भन्दै निर्णायकले अनुरोध गरे पछि दिवेशले गीत दुई गाउँदा ल्युक ब्रायनले साथ दिदै गीत गाएका थिए ।
“उनले मलाई बब मार्लीको सम्झना दिलाए,” रिचीले पछि आफ्ना निर्णायक साथीहरुलाई भने। “जुन जोश र जाँगर अवस्थाबाट उनि (दिवेश) आए ! हे भगवान !” भने । २२ बर्षिय दिवेश गायक तथा गीतकार हुन् ।
अमेरिकन आइडल हुँदा हुँदै ब्रायनले दिवेश बारेमा सामाजिक संजालमा ट्वीट गर्दै “ यो केटाको गीत म दिनभरि सुन्न सक्थे “भनि लेखेका छन् ।
श्रोत :एबिसी
https://www.youtube.com/watch?time_continue=4&v=-k_2lLFhbWE&feature=emb_logo
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया