‘जंगलबाट घिसार्दै लगेर श्रीमती बनाए’ टंक माया आमाको कथा

इनेप्लिज २०७६ चैत ३ गते ११:१७ मा प्रकाशित

टंकमाया कार्की धनकुटाको भेडेटारमा जन्मिएकी हुन्। काठमाडौं, गोकर्णेश्वर-५ बस्ने उनलाई उमेर सोध्दा भन्छिन्- चार कोरी भएँ नि ।

‘चार कोरी’ अर्थात् असी वर्ष। उनको जन्म १९९६ सालतिर भएको हुनुपर्छ। टंकमायालाई आफ्नो उमेरसँगै बुवाको नाम थाहा छ। जन्म दिने आमाको नाम भने थाहा छैन।

‘आमाको त नाम बिर्सेँ, छैन जानेको। बुवाको नाम कुलबहादुर कटुवाल हो,’ उनले भनिन्। उनका सात दिदीबहिनी र एक दाजु थिए, अहिले उनी र अन्तरी दिदी मात्र छन्।

टंकमाया कार्की आमाको कथा भिडियोमा

https://www.youtube.com/watch?v=6VLiIMAvDHg&feature=emb_logo

प्रतिक्रिया