बुधबार, असोज ६ २०७८
काठमाडौं ०९:२६
वासिङटन डिसी 23:41

अमेरिकामा ५० जना भन्दा ज्यादा जमघट हुने कुनै सभा/समारोह नगर्न सिफारिस

तर बिद्यालय र ब्यापारको हकमा यो लागू नहुने

इनेप्लिज २०७६ चैत ३ गते २:२२ मा प्रकाशित

अमेरिकामा स्वास्थ्य बिज्ञहरुले ५० जना भन्दा ज्यादा हुने सभा,समारोह ,सम्मेलन या कुनै प्रकारको जमघट नगर्न सिफारिस गरेको छ । अर्को ८ हप्ता सम्म कुनै पनि सम्मेलन ,सभा ,समारोह आदी इत्यादी पछि सार्न या रद्ध गर्न सुझाव दिएको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मार्च १५ गते आइतबार उक्त सिफारिस गरेको हो ।

साथै दुई हप्ता राष्ट्र बन्द आवश्यक समेत उल्लेख गरेको छ । अमेरिकामा सबै भन्दा पहिले कोरोना भाइरसबाट वाशिंगटन राज्यमा मृत्यु भए पछि गभर्नरले २ सय ५० जना भन्दा ज्यादा जमघट या भेला गर्न प्रतिबन्ध लगाए पछि अमेरिकाका गभर्नरहरुले एक पछि अर्काले उक्त सूचना आब्हान गरि रहेका छन् ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले नै ५० जना भन्दा ज्यादा मानिसहरुको जम्मा हुने प्रकारको भेला नगर्न सिफारिस गरे पछि अमेरिकामा यो बिषय निकै सामाजिक संजालमा व्यापक भएको छ ।

तर बिद्यालय र ब्यापारको हकमा यो लागू हुने छैन । विदेश भ्रमणबाट घर फर्केका यात्रुहरू स्वास्थ्य जाँचका लागि प्रमुख विमानस्थलहरूमा घन्टौ घण्टा लाममा अड्किएका थिए । साथै संघीय रिजर्भले आफ्नो ब्याज दर घटाएर शून्यमा पुर्‍याएको छ ।

श्रोत : एपी 

प्रतिक्रिया