कोरोना भाइरस समस्या हो ,तर अफबाहको माध्यम हैन?

सुसन परियार बिसर्जन २०७६ चैत २ गते १९:१२ मा प्रकाशित

 

पछिल्लो समयमा कोरोना भाइरसले विश्व मानचित्रमा ठूलो असर र डर सिर्जना गरेको छ। बिश्वका केही कु-मानशिकता बोकेका दानवहरुले उल्टै चिनलाई र चीनले खाने गरेका खानपानलाई सामाजिक शैलिमा व्यंग्य र अफबाह फैलाइरहेका छन।

हामी मानवीयताबाट माथी उठन सक्ने आट कहिल्यै राख्दैनौ । यस्तो भयाबह सिर्जना गरेर आफ्नै देशबासी र स्वयम आफै मरिन्छ भनेर जानी जानी गल्ती कसैले गर्दैन भन्ने हेक्का राख्न किन सक्दैनौ।

सबै भन्दा धेरै कोरोनाको संक्रमण झेलेको चिन सरकार आज ३१ टन औषधि र मेडिकल एक्सपर्टहरु इटालीका जनतालाई कोरोना संक्रमितबाट बचाँउन उपचारमा पठाएर दुनियाँलाई मानवताको पाठ सिकाँई रहेको छ।

कोरोना संक्रमणले ग्रसित हुदा चिनियाँ सरकार चिनियाँ जनतालाई खिसीट्युरी गर्ने दुनियाँया त्यस्ता बेभिचारी र सामाजिक संजालमा अफबाह र नकारात्मक विश्लेषण फैलाई आफुलाई चिनाउनेहरूलाई मानवताको पाँठ राम्रै संग यो महान कार्यबाट दिएको छ। चिनियाँ सरकार चिनियाँ जनता तिम्रो महान,कार्यलाई म सलाम नगरी सक्दिन । बिश्वास छ सारा दुनियाँलाई यो कोरोनाबाट मुक्त अनन्त चिनियाँहरूले नै गर्ने छन।

ती देश जहाँ एक बर्ग इस्टबेरीको इ को गन्ध थाहा छैन तर त्यही अर्को बर्ग छ जो कन्डममा पनि इस्टबेरिको सुगन्ध खोज्छ ?,ति त्यस्ता कतिपय गरिब देशहरु जहाँ सरकारले केही गर्न सक्दैन। बस आफ्नो थैलो भर्यो बस्यो, यस्ता देशहरुमा आज चीन जस्तो ठूलो मात्रामा मान्छेको मृत्यु हुने हो भने चीनको जस्तो ल्याकत कहाँ रहला। त्यसैले आजै बाट यो महामारीको निन्दा गरेर हैन भैरहको समस्यलाई चिर्न आ-आफ्नो स्थानबाट लागि परौ।

समस्याबाट आत्तियर हैन निरन्तर सरसफाइ, खानपान, र यस्को रोकथाममा ध्यान दिउ। जथाभावी जो कोहीले शेयर गरेको कुरालाई ठुलो सम्झी नहालौ। विश्व स्वास्थ्य संघ वा सम्बन्धित निकायले र आधिकारिक निकायका श्रोत तथा जानकारीलाई मात्र प्रचार प्रसार र प्रधानता दिउ।

आफूलाई केही अस्वस्थ महसुस भय आफ्नो नज्दिकका हेल्पलाइन वा स्वास्थ्यकर्मी सङ्ग सल्लाह लिउ। र आउनुहोस पार्थना गरौ भगवानसंग, जिसस संग, अल्लाहसंग,र सत्यता संग कि यस्को आमूल परिबर्तन निराकरण सबैजना सकारात्मक भएर यस्को रोकथाममा आ-आफ्नो स्थानबाट लागि परौ।

सुसन परियार बिसर्जन ,एनआरएनए सचिब ,पोल्यान्ड

प्रतिक्रिया