सोमबार, असोज ११ २०७८
काठमाडौं ०३:२६
वासिङटन डिसी 17:41

अमेरिकाको पश्चिम भर्जिनिया कोभिड १९ को कुनै पुष्टि नभएको एक मात्र राज्य

इनेप्लिज २०७६ चैत २ गते ११:३० मा प्रकाशित

अमेरिकाको पश्चिम भर्जिनियामा हाल सम्म एकै जना पनि कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित नभएको पाइएको छ । गत शनिवार मार्च १४ सम्म कुनै पनि व्यक्ति कोभिड-१९ बाट संक्रमित भै कोही पनि पुष्टि नभएको जानकारी स्वास्थ्य तथा मानव संसाधन विभागका पश्चिम भर्जिनियाले जनाएको छ ।

हाल सम्म ३१ जनाको परीक्षण गरिएकोमा २६ जनाको परिणाम नकारात्मक अर्थात् संक्रमण नभएको प्रतिवेदन(रिपोर्ट)आएको जनाएको छ । यसको साथै ५ जनाको परिणाम विचाराधीन(पेन्डिंग)मा रहेको छ ।

पुष्टि नभएता पनि गभर्नर जिम जस्टिसले भाइरस द्वारा “उत्पन्न स्वास्थ्य जोखिम” को जवाफमा बिद्यालय बन्द गर्न भने नरोकिएको बताएका छन् ।

“पश्चिम भर्जिनियामा अहिले कोओविड १९ को कुनै पुष्टि भएको छैन” गभर्नरको कार्यालयले गत शुक्रवार जनाएको छ “यद्यपि यो रोग पश्चिमी भर्जिनियामा छिट्टै आउने आशा गरिएको छ।”

श्रोत : सिएनएन,तस्बिर :विकिपिड़िया 

प्रतिक्रिया