सोमबार, जेठ १२ २०७७
काठमाडौं ०८:२३
वासिङटन डिसी 22:38

अमेरिकी भकुण्डो महासंघका अध्यक्ष कार्लोस द्वारा राजिनामा

इनेप्लिज २०७६ चैत १ गते १२:५४ मा प्रकाशित

अमेरिकी महिला भकुण्डो टोलीले समान तलब होस् भन्दै मुद्धा दायर गरे पछि अमेरिकी भकुण्डो महासंघका अध्यक्ष द्वारा राजिनामा दिएका छन् । युएस सकर फेडेरेसनका अध्यक्ष कार्लोस कर्डेरियोले “अक्षम्य” भाषाको लागि माफी माग्दै एक दिन पछि सामाजिक संजाल ट्वीटमा आफ्नो राजिनामा प्रकाशित गरेका छन ।

महा संघका अध्यक्ष भएर सेवा गर्नु अविश्वसनीय सुअवसर भएको ,” कार्लोसले लेखेका छन । “मेरो एक मात्र लक्ष्य हाम्रो संघको लागि सँधै राम्रो कुरा गर्नु हो। संचालक समितिसँग छलफल गरे पछि मैले पद छोड्ने निर्णय गरे र तुरुन्तै लागू हुने ‘ उनले लेखेका छन् ।

उनले कानुनी रुपमा पेश गरिएका कागजात पूर्ण समीक्षा नगरी भाषा प्रयोग गरिएकोमा “महान अपराध र पीडा” को कारण बन्यो भनेका छन् ।

मार्चमा दायर गरिएको मुद्दामा २८ जना खेलाडीहरू सामेल थिए जसमा महासंघले महिला टोलीप्रति “संस्थागत लैंगिक भेदभाव” प्रयोग गरेको आरोप लगाएको थियो। उक्त मुद्धा दायर १९६४ को नागरिक अधिकार ऐनको समान वेतन ऐन र शीर्षक ७ अन्तर्गत दायर गरिएको थियो।

“यो अस्वीकार्य र अक्षम्य थियो,” कार्लोसले मुद्धा दायरमा प्रयोग गरिएको भाषाको बारेमा आफैले गल्ति गरेको प्रतिक्रिया दिएका छन् ।

समाचार/तस्बिर श्रोत :युपिआई

प्रतिक्रिया