गायक सनुप पौडेलको स्वरमा जगन कार्कीको वैवाहिक जोड़ीको लागि गीत सार्वजनिक

इनेप्लिज २०७६ फागुन २९ गते १०:३६ मा प्रकाशित

लन्डन– विवाहको वर्षगांठमा वैवाहिक जोड़ीलाई मध्यनजर गरेर गायक सनुप पौडेलको स्वरमा जगन कार्कीको एउटा गीत सार्वजनिक भएको छ ।

युवा संगीतकार शिखर संतोसको संगीत रहेको गीत लण्डनमा छायाँकन गरिएको हो । उक्त गीतको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन राजदिप राईले गरेका हुन् ।

म्युजिक भिडियोमा गीतका रचनाकार जगन कार्की र उर्मिला थापा “सन्तु“ ले अभिनय गरेका छन्।

बेलायतमा भिडियोग्राफी र फोटोग्राफीमा स्थापित नाम प्रोडक्सन ३ द्वारा तयार गरिएको भिडियोको प्राविधिक संयोजन एजर श्रेष्ठले गरेका हुन् । “ म्यारिज एनिभर्सरिलाई नै मध्यनज़र गरेर बनेको गीत शायद यो नै पहिलो हुनु पर्छ, सीमित स्रोत र साधनको प्रयोग बाट बनेको यो उत्कृष्ट कृति हो” श्रेष्ठले भने ।

बैवाहिक बर्ष गांठमा सुन्ने, नाच्न मिल्ने नेपाली गीत नभेटिएकोले आफुले सबैको एनिभर्सरी तथा भ्यालेंटाइन तथा प्रेमीहरूको मिलनको उत्सवमा सुन्न, बजाउन र नाच्न मिल्ने गरी गीत लेख्ने जमर्को गरेको रचनाकार कार्कीले बताए ।

गीतको भिडियो यो लिंकमा :

प्रतिक्रिया