सोमबार, जेठ १२ २०७७
काठमाडौं १२:४६
वासिङटन डिसी 03:01

बाल्टिमोरमा ३१ बर्षिय नेपाली युवक केसीको निधन

विजय थापा , २०७६ फागुन २८ गते १:३९ मा प्रकाशित

डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बाग्लुङ स्थाई घर भई हाल बाल्टिमोर निवासी ३१ बर्षिय सुनिल केसीको निधन भएको छ । बाग्लुगं नगरपालिकाका स्व केसी गत शनिबार मार्च ७ (फाल्गुन २४ )का दिन ४ बजे देखि आइतबार बिहान २ बजे काम गरेर सुत्न गएका थिए ।

आइतबार साँझ उनको ४ बजे पछि काममा जानु पर्ने भएकोले समयमा काममा नआए पछि उनका साथीभाईले सोधी खोजी गरेका थिए । र उनको संचार थान (भ्रमण ध्वनि -मोबाइल) पनि उठेन ।

उनि काम गरेकै पसलको माथिल्लो तल्लामा बसोबास गर्थे । स्व केसी दुई दिन देखि कर्तब्य(ड्युटी)नआए पछि उनि संगै काम गर्ने सहकर्मीहरुले गएर ढोका खोल्दा नखुलेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको मृत शरीरलाई शव परीक्षण (जाँच) लागि बाल्टिमोरको कोरोनरि हाउसमा राखिएको छ । प्रहरीका अनुसार उनको मृत्यु आइतबार बिहानै भएको हुनु पर्ने बताएका छन् । तर सबै कुराको प्रतिबेदन (रिपोर्ट )आई सकेको छैन ।

उनि अमेरिका आएको लगभग ४ बर्ष भएको र नेपालमा उनका परिवारमा श्रीमती ,सानो छोरी, एक भाई ,आमा बुवा र हजुरबुवा पनि हुनु हुन्छ । हजुरबुवाले नातिको निधनको कुरा सुने पछि स्वास्थ्य नाजुक भएको बुझिएको छ ।

अमेरिकामा स्व केसीका नजिकका परिवारलाई जानकारी दिई सकिएको छ भने नेपालबाट शवलाई नेपाल पठाउन भनि परिवारले अनुरोध गरेको जानकारी बानाका पूर्व अध्यक्ष तथा समाजसेवी कुलमणि आचार्यले बताए ।

नेपाल पठाउने प्रक्रियाको सुरु गरिएको र उनको लागि खर्च पनि संकलन सुरु गरिएको आचार्यले ईनेप्लिजलाई बताए । प्रहरीले निधनको भएको कारण बारे अनुसन्धानको गरि रहेको छ ।

उनलाई चिन्ने र साथीभाईले सामाजिक संजालमा समबेदना प्रकट गरि रहेका छन् । ईनेप्लिज परिवारको तर्फबाट स्व केसीको यस दुखद घडीमा आत्माको चिर शान्तिको कामना गर्दछ ।

प्रतिक्रिया