हट नायिका स्मृती पोखरेल बलिउडमा प्रवेश गर्दै

इनेप्लिज २०७६ फागुन २७ गते १०:४४ मा प्रकाशित

बलिउडका लागि सबैभन्दा प्रतिष्ठित मानिने ‘फिल्म फेयर अवार्ड’को २०२०को अवार्ड विजेताहरुको दुबईमा भव्य प्रस्तुति रहने भएको छ ।

यही अप्रिल ११ शनिबारका दिन हुने ‘द बेस्ट बलिउड इभेन्ट्स’ कार्यक्रममा बलिउडका सुपरस्टार रणवीर सिंह,आयुष्मान खुराना ,आलिया भट्ट, सन्नी लियोनी,इशा देवल लगायत सर्वाधिक प्रतिष्ठित कलाकारहरुको सहभागिता रहने कार्यक्रममा नेपाली चलचित्र छेत्रबाट नायिका स्मृती पोखरेलले पनि सहभागिता जनाउने भएकी छिन । उनी कलिवुडबाट भीभीआइपी गेस्टको रुपमा ‘द बेस्ट बलिउड इभेन्ट्स’मा जाने भएकी हुन्। नायिका स्मृती पोखरेलले विश्वका सबै देशहरुमा हुने विभिन्न इभेन्ट्सहरुको भाग लिइसकेकी,आफ्नै छुटै पहिचान बनाउन सफल,उनले बलिउडमा पनि इन्ट्री गर्ने अनुमान गरिएको छ।

 

प्रतिक्रिया