ईटलीमा यातायात र हिडडुल बन्द

यादवराज जोशी २०७६ फागुन २७ गते १:२० मा प्रकाशित

यादवराज जोशी

ईटली सरकारले देशभरी यातायात र हिडडुलमा प्रतिवन्ध लगाएको छ । चीनपछि कोरोना भाईरसबाट सबैभन्दा प्रभावित देश ईटली भएको छ । सोमबारसम्म ईटलीमा चारसय ६३ जनाको मृत्यु भएको छ । आईतबारमात्र ईटलीमा ९७ जनाको मृत्यु भएको छ ।

ईटली सरकारले देशका २० वटै प्रान्तका बासिन्दालाई घरभीत्रै रहन अनुरोध गरेको छ । “भाईरसको संक्रमण र मृत्यु हुनेको संख्या निकै बढेको छ । हामीले व्यवहारमा परिवर्तन गर्नै पर्छ,” टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री जिसेपी कोन्टेले भने । “हामीसंग समय छैन, संक्रमण निकै बढेको छ,” उनले भने । ईटलीमा कोरोनाको संक्रमण २४ प्रतिसतको गतिले बढीरहेको छ ।

ईटल्ी सरकारले लगाएको प्रतिवन्ध अनुसार, यातायात पूर्ण ठप्प हुनेछ, अत्यावश्यक काममा यात्रा गर्न स्थानिय प्रशासनसंग स्वीकृति लिनु पर्नेछ, रेस्टुराँ र नाईट क्लव बन्द हुनेछन् । बन्दरगाहामा कुनैपनि क्रुज सीपलाई रोक्न दिईने छैन । ईटलीको ईीतहासकै अध्यारो समय भएको पनि कोन्टेले बताए, “हामी अध्यारो समयमा छौ, तर हामीबाट बाहिर निस्कने छौ।”

यसैबीच, ईटलीको कारागारमा सोमबार हिंसा भडकिदाँ आठजना कैदीको मृत्यु भएको छ । भाईरस संक्रमण नहोस भनेर कैदीलाई नातेदार र साथी भेट गर्न नदिएपछि हिंसा भडकिएको थियो ।

विश्वमा कोरोना भाईरसको संक्रमण एकलाख ११ हजार मानिसमा भएको छ । तीनहजार आठसय नौजनाको मृत्यु भैसकेको छ । ईजरायलले आफ्ना नागरिकलाई १४ दिन स्वयमलाई क्यारेन्टाईनमा राख्न अनुरोध गरेको छ । ईरानमा थप ४३ जनाको मृत्यु भएको छ । मर्नेको संख्या दुईसय ३७ पुगेको छ भने सात हजारबढीमा संक्रमणको पुस्टी भएको छ । चीनमा जनवरी २० पछिकै कम संक्रमण देखा परेको छ ।

स्रोतः बिबिसी, सिएनएन र अन्य

प्रतिक्रिया