पोखराको फेवातालमा सोमबार कार खस्दा कारमा सवार ४ जना घाइते भएका छन् ।
खपौदीबाट लेकसाइड तर्फ आउदै गरेको ग २ च ६९१२ नम्बरको कार सोमबार बिहान ११:४५ बजे रातोमाटो डाँडा नजिकैबाट १ सय मिटर तल तालमा खस्दा चालक सहित ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा लेकसाइड बस्ने करीब ३२ बर्षीय चीरण बस्नेत, ३० /३१ बर्षका संजय यादव, चालक ३७ बर्षीय राजु पहारी र उनकी २ बर्षीया छोरी राविया पहारी रहेको ट्राफिक कार्यालय बैदामका प्रहरी सहायक निरीक्षण बिष्णु बहादुर पल्ली मगरले जानकारी दिए ।
होली मनाएर फर्कने क्रममा कार दुर्घटनामा परेको बताइएको छ । कार चालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जनाएको छ ।
https://www.youtube.com/watch?time_continue=21&v=_1xn7XV6CjI&feature=emb_logo
प्रतिक्रिया