क्यानेडियन नेवा गुठी द्वारा प्रथम सामुहिक “ईहि ” कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ फागुन २५ गते २२:५९ मा प्रकाशित

ब्राम्प्टन, क्यानेडियन नेवा गुथिले प्रथम सामुहिक “ईहि ” कार्यक्रम हालै ब्राम्प्टन स्थित पशुपति नाथ नेपाली मन्दिरमा सम्पन्न गरेको छ । कार्यक्रममा ईहि संस्कारको महत्व बारे बोल्नु हुदै प्रमुख गुरुजु एबम बौद्द बिद्वान प्रा. डा. नरेश मान बज्राचार्यले ईहि संस्कार भनेको नेवाः शब्दाबली अनुसार कन्याहरुलाई ब्यबहारिक ज्ञान दिने बेलाको संस्कार हो भन्नु भयो। ईहि संस्कार बेल बिबाह नभई बेल फलले काँचो, पाकेको र सुकेको बिभिन्न बेलामा पनि आफ्नो गुणलाई संचय गरि राख्न सक्ने क्षमता लाई प्रतिकको रुपमा लिई सो संस्कारमा प्रयोग गरिएको हो भन्नु भयो । ईहि एउटा संस्कार मात्रै नभई त्यति बेलाको बाल बिबाह जस्ता सामाजिक बिसंगतिको बिरुद्द सामाजिक क्रान्ति पनि भएको बताउनु हुन्दै सो संस्कार बिबाह भन्दा पनि कन्या संकल्प रुपमा लिईएको बताउनु भयो।

बौद्द परम्परा अनुसार बेल लाई बोधिचितको रुपमा लिईएको र कन्यामा पनि सोहि गुण होस भन्ने हेतुले बेल प्रयोग गरीएको पनि उहाँले बताउनु भयो। ईहि संस्कार जीबनका दस संस्कार मध्य एउटा भएको र पुरुष प्रधान समाजमा कुमार केटाको गरिने ब्रतबन्ध जस्तै ईहि कुमारी केटी लाई गरिने सामाजिक समानता को एउटा संस्कार भएको धारणा उहाँले बताउनु भयो।

 

बौद्द परम्परा अनुसार गरिएको उक्त ईहि संस्कारमा १३ जना नेवाः समुदायाका कन्याहरुको सहभागिता थियो भने टोरोन्टो बिस्वबिद्यालयमा नेपाली तथा तिब्बति बौद्द धर्ममा पिएच.डी. गरि रहनु भएका क्यानेडेली नागरिक आम्बर मूर का छोरी माया मूरको पनि सहभागिता थियो । कार्यक्रममा सहभागि अबिभाबकहरुले क्यानेडियन नेवा गुथिले ईहि कार्यक्रम आयोजना गरेकोमा खुसि ब्यक्त गर्नु हुदै बिदेशमा बसेर पनि नेवाः संस्कारको निरन्तरता दिएकोमा गुठी प्रति आभार ब्यक्त गर्नु भयो।

सोहि कार्यक्रममा प्रातस्मरणिय बौद्द बिद्वान पं. बद्रि रत्न बज्राचार्य द्वारा नेपाल भाषामा लिखित पुस्तकको नेपालि अनुबाद ” नेपालको बौद्द धर्ममा दशकर्म संस्कार, कारण र महत्व” को प्रमुख अतिथि प्रा. डा. नरेश मान बज्राचार्यल तथा गुठीका अध्यक्ष प्रकाश प्रधानले संयुक्त रुपमा बिमोचन गर्नु भयो। बिमोचन कार्यक्रममा प्रातस्मरणिय बौद्द बिद्वान पं. बद्रि रत्न बज्राचार्य का सुपुत्री एबम नेपलिज बुद्धिस्ट एसोसियसन, टेक्सास बाट आउनु भएका दिब्या बज्राचार्य ले आफ्नो मन्तब्य ब्यक्त गर्नु हुदै हाम्रा अमुल्य संस्कारका अर्थहरु परिभाषित गर्न सके मात्र पुस्तान्तरण गर्न सकिने र पुस्तान्तरण गर्न सके मात्र हाम्रा संस्कारहरु जिबित रहने भएकोले पुस्तक नेपालीमा अनुबाद गर्ने ब्यबस्था गरेको बताउनु भयो । उहाँले बिभिन्न देशमा बसोबास गरि रहेका नेपालीहरुमा यो ज्ञान प्रचार गर्न सके प्रबासमा पनि नेपाली संस्कारको समबर्द्दन र संरक्षण हुन सक्ने आफ्नो बिचार ब्यक्त गर्नु भयो । साथै उहाँले ८० प्रति पुस्तक गुठीको लागि हस्तान्तरण गर्नु भयो । सो बिमोचन कार्यक्रममा प्रा. डा. नरेश मान बज्राचार्य, गुठीका अध्यक्ष प्रकाश प्रधानले पनि पुस्तक बारे मन्तब्य दिनु भएका थिए।

कार्यक्रमको अन्त्यमा सहभागिहरुको मनोरन्जनार्थ उत्तम माकजु, बिमल श्रेष्ठ , तारक जोशी, नबराज खड्का लगायतले धिमे बादन , होलि सम्बन्धि गीत. तथा नेवाः भजन प्रस्तुत गरेका थिए।

प्रतिक्रिया