किन डराउने महिला ? सन्दर्भ: नारी दिवस !

सच्ची मैनाली २०७६ फागुन २५ गते २१:२८ मा प्रकाशित

 

कुनै पनि महिला आफैमा रण्डी र वेश्या हुँदैन । त्यो महिला रण्डी बन्नको लागी त्यहॉं रण्डो पनि हुनु पर्छ । महिला वेश्या हुनको लागि पुरूष वेश्या पनि हुनुपर्छ ।

बिभिन्न सन्दर्भमा बिभिन्न कारणले विभिन्न व्यक्तिका चरित्र हत्या गरिएका र कसैले चरित्र हत्या गरेकै कारण आफ्नो जिन्दगी सकियो भनेर सोच्ने मेरा दिदी बहिनीहरूसॅंग म आफ्नो धारणा सेयर गर्न चाहन्छु । चरित्र हत्या सम्बन्धि मेरा केही आफ्नै ब्यक्तिगत बिचार छन् ।

सर्वप्रथम त, तपाईंको चरित्रलाई कसैले हत्या गरेर हत्या हुने र राम्रो चरित्रको जलप लाईदिए राम्रो हुने भन्ने होईन । तपाईंको आचरणको प्रक्रिया नै तपाइको चरित्र हो । त्यही आचरणबाट तपाइको संस्कार बन्ने हो । अब भन्नुहोस, तपाईंको आचरणको प्रकृयाको हत्या अरुले चाहेर पनि कसरी गर्न सक्छ ?

कसैले बनाए बन्ने र बिगार्दा बिग्रिने चिज कसैको चरित्र हुॅंदै होईन ।

कसैले बनाए बन्ने र बिगार्दा बिग्रिने चिज कसैको चरित्र हुॅंदै होईन ।

त्यसैले कसैले आफ्नो चरित्र हत्या गर्लाकि भनेर कहिल्यै नडराउनुहोस् । यदि तपाईं डराउनुभयो भने यो एक बारको जीवन डराएरै सकिने छ किनभने तपाईंको बिषयमा जसले जतिखेर जहाॅं बसेर जे लेखिदिए पनि हुन्छ र लेख्छन् पनि । त्यसै पनि हामी पितृसतात्मक समाजमा हुर्कि बढेका हौं । हाम्रो लागी यो सामान्य कुरा हो ।

चरित्र तपाईंको हो । तपाईंको चरित्रलाइ कसैले हत्या गर्नै सक्दैन । यदी तपाईंलाइ कसैले गरेर आफ्नो चरित्र हत्या भयो भन्ने लाग्छ भने त्यो तपाईंको कमजोर मानसिकताको उपज हो ।

दोस्रो, नेपाली समाजमा महिलालाई होच्याउनका लागी बदनाम गर्नका लागी रण्डी, वेश्या, भालु निकै प्रचलित शब्द हुन्।

नेपाली समाजमा महिलालाई होच्याउनका लागी बदनाम गर्नका लागी रण्डी, वेश्या, भालु निकै प्रचलित शब्द हुन्।

कसैसंग रिस उठ्यो उसलाई रण्डी, वेश्या वा रण्डीको छोरी भनि दिनुहोस् । यति भनि दिए पछि केहिले अब म सिद्दिए भन्ने सोच्छन्न्, केहि डिप्रेसनमा जान्छन्, केहिले गर्नु नपर्ने सम्झौता गर्छन्, केहिले त आत्महत्या नै गर्लान्, गरेका पनि छन् । चरित्र तपॉईंको हो । त्यो कसैले बनाएर बन्ने र बिगारेर बिग्रने पिठोको डल्लो होईन । कसैको निजी जीवनमा दख्खल दिने अधिकार कसैलाई छैन । तपाईलाई सताउन कोही पागल तपाईको पछि लाग्छ भने जरूरत अनुसार तपाई महा पागल बन्नुहोस् ।

तपाईलाई सताउन कोही पागल तपाईको पछि लाग्छ भने जरूरत अनुसार तपाई महा पागल बन्नुहोस् ।

कसैले मलाई नराम्रो भन्लाकी, म समाजको अघि भलादमी नदेखिउँलाकि भनेर नआत्तिनुहोस्। तपाईं तपाईं नै हो । तपाईं जे हो त्यहि नै हो। तपाईं र मलाई अगाडि राम्रो भन्ने केहिले पछाडि नराम्रो पक्का भन्छन् त्यसमा ढुक्क हुनुहोस् । न तपाईंलाई कसैले बोलेकै भरमा भलादमी बनाउन सक्छ न रण्डी, वेश्या र भालु बनाउन सक्छ । कुनै पनि महिला आफैमा रण्डी र वेश्या हुँदैन । कुनै पनि महिला रण्डी बन्नको लागी त्यहॉं रण्डो पनि हुनुपर्छ ।

कुनै पनि महिला रण्डी बन्नको लागी त्यहॉं रण्डो पनि हुनुपर्छ ।

महिला वेश्या हुनको लागि पुरूष वेश्या पनि हुनुपर्छ । रण्डो नडराउने समाजमा रण्डी किन डराउने ? पुरूष वेश्या नडराउने समाजमा महिला वेश्या किन डराउने ? सभ्यताको नाममा तपाईं हामी यसैगरी सधैं तर्सिएर, डराएर बस्ने हो भने हामीलाई यहाॅं गरेर खान र बॉंच्न दिंदैनन् । यो २१ औं शताब्दि हो। सामाजिक संजालमा बढ्दै गएको बिकृति, बिसंगति, दण्डहिनताको कारण यो क्षण तपाईं र मेरो जीवनमा कुनै पनि बेला आउन सक्छ। यो शताब्दिमा नचाहेर पनि तपाईंले यस्ता कुराहरूको सामना गर्नै पर्ने हुन्छ। झन् तपाईं सामाजीक जीवनमा सकृय हुनुहुन्छ भने त आज नभए भोली कहिं कतैबाट त्यो झेल्नुनै पर्छ ।

तपाईं कसैको नबिगार्नुस्, कसैको कुभलो नचिताउनुहोस् तर तपाईंलाई कुनै पागलले बाच्नै दिदैन भने तपाईं महा पागल बन्नुहोस् । समाज तपाईं, म र हामी मिलेरनै बन्ने हो । तपाईं प्रति जसले गलत गर्छ त्यो पनि यहि समाजकै अँग हो । यहि समाजमा बसेर यहिको कुराले उसलाई असर नगर्ने तपाईंलाई किन गर्ने? त्यो असर वास्तवमा असर होईन तपाईंको डर र कमजोर मानसिकताको उपज हो ।

यो एक पटकको जीन्दगी हो । कुन बेला, कुन क्षण अन्तिम हुन्छ थाहा छैन, मरेपछि अर्को जीवन पाईन्छ, पॉईंदैन त्यो पनि थाहा छैन । त्यसैले जति बॉंच्नुहुन्छ निर्धक्क भएर बॉच्नुहोस् , निडर भएर बाॅंच्नुहोस् ।

त्यसैले जति बॉंच्नुहुन्छ निर्धक्क भएर बॉच्नुहोस् , निडर भएर बाॅंच्नुहोस् ।

हिम्मत, स्वाभिमान र गर्वका साथ बाॅंच्नुहोस् । अन्तिम श्वास लिंदा पनि गर्व महशुष गर्दै आफैलाई भन्नुहोस् – “मैले मेरो जीवन जति बॉचें शेरनि जसरी बॉचें । वाह जीन्दगी ! ”

जीन्दगी तपाईंको हो, मेरो हो । यसलाई शानसंग बॉच्ने अधिकार तपाईंलाई/मलाई पुरापुर छ । तपाईं वा मैले कसैले चाहेजस्तो बाचिदिने हैन तपाईंले मैले हामी आफैले चाहेजस्तो बाॅंच्ने हो ।

जिन्दगी चाहे जसरी बाच्नुहोस् । न कसैको नोक्सानी गर्नु न आफ्नो अधिकार हनन गर्ने मौका दिनु , त्यसपछि ब्यर्थका नारा लगाउनु पर्ने कुनै अर्थ रहदैन। जिउदो भएर पनि जिउदो लाश भएर बाच्नेका लागी

“I am Generation Equality: Realizing Women’s Rights” भन्ने कसैले तय गरि दिएको नाराको के अर्थ ?

Don’t trust words, TRUST YOUR ACTIONS.

सन्दर्भ: नारी दिवस !

प्रतिक्रिया