प्रदेश सरकार खेलकूद पूर्वाधार र खेलाडीलाई विशेष प्रोत्साहनमा प्रतिवद्ध
मनोज दाहाल,
विराटनगर,२५फागुन(रासस)ःग्रामीण क्षेत्रका बालबालिक तथा युवायुवतीलाई खेलप्रति आकर्षण गराउन विभिन्न प्रतियोगिता हुने क्रमवृद्धि भएको छ।
मोरङको वाहुनीमा आइटिएफ तेक्वाण्डो डोजाङ बेलवारीद्वारा¬ प्रदेश नं १ स्तरीय प्रथम बेलावारी मेयर कप तेक्वाण्डे प्रतियोगिता आज सम्पन्न सम्पन्न भएको छ।
आइटीएफ तेक्वाण्डोले गत महिना मोरङको दुर्गम ग्रामीण क्षेत्र मिक्लाजुङ गाँउपालिकामा प्रदेशस्तरीय जिल्ला खेलकूद प्रतियोगिताको आयोजना सम्पन्न गरेको थियो भने आगामी चैत महिनामा भोजपुर जिल्लामा खेलकूद आयोजना गरिने आइटिएफका उपाध्यक्ष एवं छैठो डन प्रविणकुमार कार्कीले बताउनु भयो ।
प्रदेश नं १ का उद्योग, पर्यटन, बन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेलको माध्यमवाट राष्ट्रको नाम विश्व चिनाउनु पर्नेमा जोड दिनु भयो ।
उहाँले प्रदेश सरकार खेलकूद पूर्वाधारमा लगानी गर्ने प्रतिवद्धताका साथ खेलाडीलाई विशेष प्रोत्त्साहन दिने कार्य गरिरहेको जानकारी गराउँदै भावी पीडिलाई यसप्रति आकर्षण गरी उनीहरुको सर्वाङगीण विकास महत्वपूर्ण रहेको धारणा राख्नु भयो । बेलावारी नगरपालिकाका उपप्रमुख ढाका पराजुलीले एक वडा एक खेलमैदान निर्माणको लक्ष्य अनुसार कार्य भइरहेको जानकारी दिनु भयो ।
डोजाङका प्रशिक्षक चतुरलाल चौधरी, आइटिफका वरिष्ठ उपाध्यक्ष अन्जनाथ श्रेष्ठ, उपाध्यक्ष प्रविणकुमार कार्की लगायतले अपराध रोकथाम एवं लागू औषधि दुव्र्यसन नियन्त्रणमा खेलकूदको माध्यमले सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो ।
प्रतियोगितामा १३ स्वर्ण सहित झापा प्रथम, ७ स्वर्ण सहित भोजपुर दृतीय र छ स्वर्ण सहित सुनसरी तृतीय भएको थियो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्रदेशका मोरङ, सुनसरी, झापा,इलाम, पाँचथर, ताप्लेजुङ्ग, धनकुटा, भोजपुर, उदयपुर र आयोजक मोरङको बेलवारी नगरपालिकाका गरी ६० महिला सहित १८४ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।(फोटो उपलव्ध छ)
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया