इनास पोल्यान्ड ले सम्पन्न गर्यो विशेष प्रतियोगितात्मक सास्कृतिक साझ।

इनेप्लिज २०७६ फागुन २५ गते १३:०४ मा प्रकाशित

कला, भाषा , साहित्य र सस्कृती लाई प्रबर्द्धन गर्ने उद्देश्यले गठित इनास ले बिस्वभर अत्यन्तै कृयाशिलताका साथ आफ्नो गतिबिधी बढाईरहेको छ। पोल्यान्ड को वार्स बाट स्थापित यो सस्था ले आज विश्व का करिब असी ओटा भन्दा बढी देशमा आफ्नो सक्रियता र नेपालि भाषा साहित्य कला को प्रबर्द्धन , प्रचार गर्दै आएको कुरा सर्बबिदितै छ। यसै सन्दर्भमा “युरोप स्तरीय लोक गायन र लोक नृत्य प्रतियोगिता” जर्मनिमा हुने भएको छ। जुन अपृल मा गर्ने भनिएको र कोरोना भाइरस का कारण केही समय पछि धकेलियता पनि उक्त कार्यक्रम को छनौट का लागि वार्स को पोल्यान्ड मा पनि आज गातन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ।

तीन सदस्यीय निर्णायक मण्डल रहेको प्रतियोगितात्मक कार्यक्रम को सुरुमा निर्णायक मण्डल का सदस्य तथा इनास का उपाध्यक्ष गायक सन्तोस अधिकारिल राज सिगदेल को उ जितेर गै या हारेर गई बोलको गित बाट दर्शक लाई मन्त्र मुग्ध पार्दै प्रतियोगिता सुरु गरिएको थियो। करिब एक दर्जन सहभागी प्रतियोगी को प्रतियोगिता मा नृत्य तर्फ संगिता लामा घलान र मन्जिना नापित(रेनिसा) छनौट भएका छन भने गायन तर्फ क्रमस प्रतिमा थापा र संगम राई छनोट भएका छन। जसमध्य प्रतियोगिता मा सहभागी मध्य एक उत्कृष्ट मा रेनिशा नापित ले ट्रफी र प्रमाणपत्र हात पारेकी छिन ।गायन र नृत्य दुबै तर्फ उत्कृष्ट हुने एक एक जना लाई NRNA का अध्यक्ष ले ५०-५० युरो दिने घोसणा गर्नु भएको थियो भने। ईनास पोल्यान्ड को कार्यक्रम का लागि सुमन थपलिया द्वारा रु२००/- ज्लोती, मित्रलाल पार्दे द्वारा www.meroreservation.com  द्वारा रु१००/- ज्लोती त्यसै गरि आफ्नो जन्म दिनको अवशर पारे ईनास पोल्यान्ड को कोषाध्यक्ष तुल्सी अर्याल र उहाको जीवन साथी बिष्णु अर्याल बाट रु१००/- ज्लोती आर्थिक संकलन कार्यक्रम स्थलमै घोषणा भएको थियो।

प्रतियोगितामा सहभागी सम्पुर्ण लाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। रिजन न्यौपाने को सुन्दर स्वागत नृत्य बाट सुरु भएको कार्यक्रम मा स्वागत मन्तव्य पर्यटन पर्बर्धन समिति का संयोजक अमिट यादब ले गरेका थिए भने कार्यक्रम मा इनास केन्द्रका बिधान संशोधन समितिका संयोजक मित्रलाल पार्दे ले प्रमुख आथित्यता रहेको थियो । साथमा NRNA पोल्यान्ड का अध्यक्ष नरेश सापकोटा को विशिस्ट अतिथिको रुपमा रहदै गर्दा प्रवासी नेपालि एकता मंच का सचिब बिनोद आचार्य र जनसम्पर्क समितिका सचिब नारायण चालिसे र गुल्मी समाज का अध्यक्ष प्रकाश तिवारी को पनि अथितिको रुपमा सहभागिता रहेको थियो।ईनास पोल्यान्ड का अध्यक्ष ज्यु ले सम्पुर्ण उपस्थित महानुभाब, प्रतियोगी कलाकार तथा कार्यक्रम मा आर्थिक भौतिक सहयोग गर्ने सम्पुर्ण लाई धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम समापन भएको थियो इनास पोल्यान्ड का GCR सदस्य सुसन परियार र इनास पोल्यान्ड कै सचिब प्रतिमा थापा को सचालन मा सम्पन्न भएको उक्त कार्यक्रम साझ नौ बजे देखि करिब १२ बजे सम्म सम्पन्न भएको थियो।

एस पि बिसर्जन
पोल्यान्ड

प्रतिक्रिया