बुधबार, चैत १९ २०७६
काठमाडौं ०१:१४
वासिङटन डिसी 15:29

वेलायतमा एनआरएनए अध्यक्ष पन्तलाई कालो झण्डा

इनेप्लिज २०७६ फागुन २३ गते १४:४५ मा प्रकाशित

लण्डन संवाददाता/ इनेप्लिज डट कम-

लण्डन , फागुन २३ । अल्डरशटस्थित एम्पायर हलमा एनआरएन बेलायतद्वारा आयोजित कार्यक्रममा एनआरएनए अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाएका छन् ।

गैरआवासीय नेपाली संघ वेलायतको १५ औ ‘स्थापना दिवस को कार्यक्रममा  प्रमुख अतिथिको रुपमा सहभागी हुन् आएका गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका अध्यक्ष कुमार पन्तलाई पहिलो पटक कालो झण्डा देखाईएको हो ।

 

एनआरएन वेलायत सँग आवद्ध महिला अभियान्ताहरुले ‘आर्थिक अनियमितताको छानविन गर, कुमार पन्त फिर्ता जाउ ।’ जस्ता नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन् । उक्त संस्था भित्र करिब ४ करोड घोटला भएपछि वेलायतवासी नेपालीहरुले असन्तुष्ट जनाउदै कालो झण्डा प्रदर्शन गरेका हुन् ।

बेलायत एनआरएनको जन्मभूमि मानिए पनि कुनै अध्यक्षले कालो झण्डा देख्न परेको थिएन । सम्भवतः यो नै पहिलो सुरुवात हो । अध्यक्ष पन्तले वेलायतस्थित नेपालीहरुलाई भाड्न दिनरात सक्रियहरुलाई नै प्रोत्साहन गर्दै आईरहेका छन् । यस अघि पनि एनआरएनए वेलायतमा भाडमैलो मच्चिएको थियो । विवादलाई मिलाउन विशेष साधारण सभा तय गरिएको थियो ।

साँझ ९ बजे सम्म पनि विवाद टुंगो नलागे पछि तत्कालिन उपाध्यक्ष महेन्द्र कडेलले सभाहलमा उपस्थित सदस्यहरुलाई प्रहरी लगाएर साँझ १० बजे लखेटेका थिए ।

कार्यक्रममा उपस्थित सबै सदस्यहरु आ-आफ्नो घर तर्फ लागे तर कडेलका केहि झुण्डहरु र केन्द्रका तत्कालिन महासचिव पन्त भने एक नेपाली भट्टिपसल तर्फ हाकिए । उक्त भट्टिपसलमा पन्तले मदिरा पिउदै मध्यराति ११:३५ बजे महेन्द्र कडेललाई फुलमाला अर्पण गर्दै एनआरएन वेलायतको अध्यक्ष घोषणा गरेका थिए ।तर वेलायती नेपालीहरुले त्यो स्वीकार  गरेनन् ।

विडम्बना अझै पनि वेलायती नेपालीहरुले कडेललाई अवैधानिक अध्यक्ष भनिरहेका छन् । पन्तको यस्तै कालो कर्तुतको कारण यो पटक भने कालो झण्डा देखाईएको हो ।

प्रतिक्रिया