बिहीबार, असोज ७ २०७८
काठमाडौं १४:५७
वासिङटन डिसी 05:12

अमेरिकामा कोरोना भाईरसबाट मर्नेको संख्या १२ , मेरिल्याण्डका गभर्नरद्वारा आपतकाल घोषणा

अमेरिकाले गत महिना देखि २ सय ४१ जनालाई अमेरिका प्रवेश गर्न दिएन

इनेप्लिज २०७६ फागुन २३ गते १२:०५ मा प्रकाशित

कोरोना भाइरस (विषाणु)बाट अमेरिकामा हाल सम्म १२ जनाको मृत्यु भएको छ । गत मार्च ५ का दिन मेरिल्याण्डका गभर्नर ल्यारी होगनले मेरिल्याण्ड राज्यमा ३ जना कोरोना भाइरस पोजिटिभ(सुनिश्चित)भएका ३ बिरामी फेला परे पछि आपतकाल घोषणा गरेका हुन् ।

३ जना मध्ये ७० बर्ष माथिका बिबाहित जोडी र एक ५० बर्षिय महिलामा कोरोना भाइरस पोजिटिभ(सुनिश्चित) संक्रमित भएको जनाएका छन् । उनीहरुले अमेरिका बाहिर विदेश यात्रा गरेर आएको पुष्टि भएको छ ।

गभर्नरले म सबै मेरिल्याण्डबासीलाई नडराउन प्रोत्साहन गर्दछु समेत भनेका छन् । यसको सक्रमण वृद्धि हुदै गए पछि अमेरिकी सिनेटले ८.३ अर्ब डलर आकस्मिक खर्च गर्न पारित गरेको छ ।

फ्रान्सका एक जन प्रतिनिधि पनि संक्रमित भएका छन् भने इरानमा मर्नेको संख्या १२४ पुगेको छ । शुक्रबार सम्म १ सय ४३ वटा नया संक्रमित तथा ३० जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा ६ हजार ३ सय संक्रमित र ४२ जनाको मृत्यु भएको छ ।

अमेरिकाको १९ वटा राज्यमा संक्रमितको संख्या २ सय २५ पुगेको छ भने बिश्व भर ८५ वटा राष्ट्रमा फैलिएको कोरोना भाइरस बाट बिश्व भर ९७ हजार मानिस संक्रमित भएका छन् । चीनमा मात्र ३ हजार १५ को मृत्यु भएको छ भने बिश्व भर २ सय ६७ जनाको मृत्यु भएको छ । अमेरिकाले गत महिना देखि २ सय ४१ जनालाई अमेरिका प्रवेश गर्न दिएन ।

श्रोत : विभिन्न पत्रपत्रिका

प्रतिक्रिया