सोमबार, असोज ११ २०७८
काठमाडौं ०१:५५
वासिङटन डिसी 16:10

भर्जिनियामा बिहे अघि सहवास(समागम)गर्न कानुनी मान्यता

इनेप्लिज २०७६ फागुन २३ गते ३:०२ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा बिहे अघि सहवास(समागम)गर्न कानुनी मान्यता प्राप्त गरेको छ । व्यभिचारलाई वर्ग ४ को कुकर्म ठानिन्थ्यो भने २ सय ५० डलर सम्म जरिवाना गरिन्थ्यो । भर्जिनियाका गभर्नर राल्फ ननोर्थमले राष्ट्रमंडल सम्बन्धी रिचमण्डमा भएको सम्मेलनमा मार्च ४ बुधबारका दिन भर्जिनियामा विवाह अघि समागम गर्न पाउने कानूनमा हस्ताक्षर गरेका छन् ।

अब देखि भर्जिनियामा पुरुष तथा महिलाको सहमति भएमा शारीरिक सम्बन्ध स्थापना गर्न सकिने ,कुनै अपराधको मुद्धा नलगाइने र २ सय ५० डलर समेत जरिवाना नलाग्ने भएको छ । डेमोक्रेटिकका गभर्नर राल्फ नोर्थमले गत बुधबार मार्च ४ का दिन कानून निर्माणमा हस्ताक्षर गरे । जसलाई भर्जिनियाको सर्वोच्च अदालतले २००५ मा अवैध यौन सम्बन्ध राखी वर्ग ४ को कुकर्मको रूपमा वर्गीकृत गरेको राज्यको कानूनलाई रद्ध गरेको छ ।

“हामीसँग कानून हुनु हुँदैन जसले अधिकांश जनसंख्यालाई अपराधी बनाउँदछ,” भर्जिनियाका राज्य जन प्रतिनिधि मार्क लेभिन (डी-अलेक्जान्ड्रिया)ले भने । उनले यस कानूनलाई अघि सारी कानून रद्द गर्नका लागि पेश गरेका थिए ।

श्रोत :युएसन्युज डटकम ,तस्बिर :एपी

प्रतिक्रिया