सोमबार, असोज ११ २०७८
काठमाडौं ०३:४९
वासिङटन डिसी 18:04

ताजा समाचार :मेरिल्याण्डमा कोरोना भाइरस पोजिटिभ(सुनिश्चित)भएका ३ बिरामी फेला

इनेप्लिज २०७६ फागुन २३ गते ०:४० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा कोरोना भाइरस पोजिटिभ(सुनिश्चित)भएका ३ बिरामी फेला परेका छन् । भर्खर ताजा जानकारी अनुसार मेरिल्याण्डका गभर्नर ल्यारी होगनले उक्त जानकारी दिएका हुन् ।

मेरिल्याण्डको राज्यको बाल्टिमोरको प्रयोगशालाले हाल सम्म ३ जना कोरोना भाइरस पोजिटिभ(सुनिश्चित)भएका बिरामी भएको जनाएको छ । उनीहरु विदेश हुँदा उनीहरुलाई कोरोना भाइरस भएको भन्दै उनीहरुको अवस्था राम्रो भएको गभर्नर होगनले बताएका छन् ।

मार्च ५ बिहिबार ५ बजे पत्रकार सम्मेलन गरिदै छ । हामी सरकारको सबै तहहरुमा विगत केही हप्ताहरुमा यस अवस्थाको लागि सक्रिय रुपमा तयारी गर्दैछौं। म सबै मेरिल्याण्डबासीलाई नडराउन प्रोत्साहन गर्दछु, तर यसलाई गम्भीरतापूर्वक लिने र सूचित रहनको लागि हामी अध्यावधिक (अपडेट)हरू प्रदान गर्न जारी राख्छौं। ” भन्दै होगनले वक्तब्य निकालेका छन् ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया