नेपाली व्यवसायीले अस्ट्रियामा शुरु गरे कोरोनाभाइरस विरुद्ध अभियान

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७६ फागुन २२ गते २२:४९ मा प्रकाशित

अस्ट्रियाको साल्जवुर्गमा लामो समयदेखि रेस्टुरेन्ट व्यवसाय संचालन गर्दै आउनुभएका राम विश्वकर्माले कोरोनाभाइरसको रोकथाम विरुद्ध अभियान शुरु गर्नुभएको छ। कोरोनाभाइरसको अहिले पहिलो रोकथामको उपाय नै व्यक्तिगत सरसफाई र सावधानी हो। हात साबुन पानीले धोएर र किटाणुनाशक जेल लगाएर नै रोग विरुद्ध लड्न सकिन्छ । साल्जवुर्गमा रहेको काठमाण्डौ रेस्टुरेन्ट एण्ड बारमा जाने हरेक ग्राहकलाई कीटनाशक जेलले हात सफा गरेर कोरोनाभाइरसबाट बचाएर मात्र खाना खान दिने व्यवस्था गरेको जानकारी रेस्टुरेन्ट संचालक राम विश्वकर्माले दिनुभयो । बजारमा किटनाशक जेलहरुको कमी रहेको अवस्थामा पनि संचालक विश्वकर्माले इटालीमा निर्मित Ecaia नामको औषधि प्रयोग गरेर आफ्ना ग्राहकको स्वास्थ्यको सुरक्षा गर्दै आउनुभएको छ। यही ब्राण्डको किटनाशक जेल किन प्रयोग गर्नु भएको भनी गरिएको प्रश्नमा उहांले जवाफ दिनुभयो,” मेरा पाहुना मेरा परिवारका सदस्य जस्तै महत्वपूर्ण छन र यो औषधि अरुभन्दा भरपर्दो र प्रभावकारी भएकोले मुल्यको समेत परवाह नगरी मैले प्रयोग गरेको हुं।”

३१ डिसेम्बर २०१९ मा चीनमा देखिएको कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ। कोरोनाभाइरसलाई एकातिर जैविक युद्धको शंका गरिएको छ भने अर्को तिर यसको द्रुत संक्रमणले विश्वलाई नै चकित तुल्याएको छ। दिनप्रतिदिन कोरोना भाइरसका बिरामी बढ्ने क्रम जारी छ भने रोग उपचार पनि भएको छ तर कोरोनाभाइरसलाई नै भनेर अहिलेसम्म कुनै औषधि पत्ता लागि सकेको छैन तर कोरोनाभाइरसबाट बच्न सावधानी अपनाउनु नै सबैभन्दा राम्रो उपाय हो।

कोरोनाभाइरसको कारण होटेल तथा रेस्टुरेन्ट लगायत हवाई सेवाहरुमा ठुलो नोक्सान भएको छ भने धेरै सभासम्मेलनहरु रद्द गरिएका छन किनकी मानिसहरुको भीडभाड हुने ठाउहरुमा नजान, हात नमिलाउन, हाच्छिउ गर्दा वा खोक्दा मुख छोप्न र रुगांखोकी लागेका मानिसहरुबाट टाढा रहन विश्व स्वास्थ्य संगठनले अनुरोध गरेको छ। कतिपय मुलुकहरुले कोरोना संक्रमित देशहरुका नागरिकहरुलाई आफ्नो देश भ्रमण गर्न समेत भीसा जारी नगर्ने सुचना निकाली सकेका छन।

इटालीमा बनेको किटनाशक जेल Ecaia सम्बन्धी अन्य जानकारी यस लिंकमा हेर्न सकिन्छ ।

http://rambbk.sanuslife.com/deu/store/categories/view/21

 

प्रतिक्रिया