विराटनगरलाई सफा सुन्दर र फोहर मुक्त वनाउन अभियान सञ्चालन

मनोज दाहाल २०७६ फागुन २२ गते ११:०५ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२२ फागुन(रासस)ः विराटनगर महानगरपालिकालाई सफा, सुन्दर र फोहरमुक्त वनाउनका लागि सफाई अभियान सञ्चालन गरिएको छ।

सफाइ अभियन्ता धीरेन्द्रकुमार साहले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी यस क्षेत्रमा वासिन्दलाई सफाईमा जागरुक गराई नेपाललाई विश्वमा सफा र फोहरमैला मुक्त देश बनाउनका लागि गत फागुन आठ गतेदेखि नगरको सीमा क्षेत्रमा अभियान सञ्चालन शुरु गरिएको जानकारी दिनु भयो ।

महिलाको नेतृत्वमा अभियान सञ्चालन गरी यस क्षेत्रका सवै वडामा यस अभियान सञ्चालन गरिने बताउनु भयो ।

अभियन्ता साहले काठमाडौको तीनकुने, गोदावारी, जनकपुर र सिरहाको सैलेश क्षेत्रमा यस प्रकारको अभियान सञ्चालन गरिएको बताउनुभयो । विराटनगर महानगरपालिकाको सहयोगमा चार सदस्यीय टोलीले नगरका वासिन्दाले आफ्नो घर आँगन आफ्ले सफा , सुन्दर, फोहर मुक्त बनाउन पर्छ भन्ने जनचेतना अभियान शुरु गर्नु भएको हो ।

हप्ताको प्रत्येक वुधवार सफाई अभियान सञ्चालन गरिरहेको र आगामी १५ हप्तासम्म निरन्तर उक्त कार्य जारी रहने उहाँले बताउनु भयो ।(फोटो उपलव्ध छ)––––

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया