बिहीबार, असोज ७ २०७८
काठमाडौं १६:०३
वासिङटन डिसी 06:18

अमेरिकामा जन्मेका नेपाली बालबालिकाले लेख्ने र पढ्ने दुवैमा उत्कृष्ट गरे पाँच हजार डलर (५ लाख बराबर )पुरस्कार पाउने

अमेरिकाका सबै राज्यका नेपाली समुदायले आफ्ना बालबालिकालाई सहभागिता गराउनु पर्ने

इनेप्लिज २०७६ फागुन २२ गते १:५१ मा प्रकाशित

अमेरिकाको बाल्टिमोर शहरमा हुदै गरेको युनाईटेड नेप्लिज एसोसिएसन(युएनए )को सम्मेलन अमेरिकामा जन्मेका नेपाली बालबालिकाहरुले नेपाली भाषा लेख्ने र पढ्ने दुवैमा उत्कृष्ट गरेमा पाँच हजार डलर पुरस्कारको व्यवस्था गरिएको छ ।

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आगामी मे महिनाको २२ देखि २४ (३ दिन )सम्म चल्ने युएनएको ५ औ सम्मेलनमा दोश्रो पुस्ताका बिशेष गरि अमेरिकामा जन्मेका ६ देखि १२ बर्ष सम्मका बालबालिकाले सहभागिता जनाउन पाउने छन् ।

उक्त प्रतियोगितामा सहभागी हुने प्रतियोगीले न्युनतम ५ सय डलर र अत्यधिक ५ हजार डलर सम्म प्राप्त गर्न सक्ने छन् । पुरस्कार ४ तहमा प्रदान गरिने छ । लेख्ने र पढ्ने दुवै बाट प्रथम ,द्वितीय र तृतीयको घोषणा गरिने छ भने यिनै मध्ये बाट उत्कृष्ट हुने बाट एक जनालाई बिजयी घोषित गरिने छ ।

युएनए सम्मेलन अमेरिकामा जन्मेका बालबालिकाहरु प्रति केन्द्रित हुनेछ । अमेरिकाको नेपाली समुदायको ईतिहासमा सम्भवत पहिलो पटक अमेरिकामा जन्मेका बालबालिकाले दुवै लेख्ने र पढ्ने प्रतियोगितामा विजय हासिल गरेमा ५ हजार डलर नगद तथा पुरस्कार सम्म पाउने व्यवस्था गरिने संयोजक अम्मर छन्त्यालले जनाएका छन् ।

उनले अमेरिकाका ५० वटै राज्यमा बसोबास गर्ने नेपाली समुदायलाई आफ्ना बालबालिकालाई यस प्रतियोगितामा सहभागिता जनाउन हुन् आग्रह समेत गरेका छन् ।

बिस्तृत जानकारी तथा सम्पर्क गर्नु परेमा सम्मेलन संयोजक अम्मर छन्त्याल संग यस सम्पर्क संख्यामा ४४३ ६०० २१३८ सम्पर्क गर्न सक्नु हुनेछ । संयोजक छन्त्यालले निरन्तर संचार माध्यम बाट जानकारी समेत गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया