शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०१:४४
वासिङटन डिसी 15:59

पूर्व उप राष्ट्रपति जो बाइडेनलाई बुटिगिगको समर्थन,एमि क्लोबुचरको पनि समर्थन हुने

इनेप्लिज २०७६ फागुन २० गते १:५९ मा प्रकाशित

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनको लागि मैदान उत्रिएका पूर्व उपराष्ट्रपति जो बाइडेनलाई पीट बुटिगिगको समर्थन गरेका छन् । बुटिगिगले गत मार्च १ आइतबारका दिन राती राष्ट्रपति पदको लागि आफ्नो अभियान अन्त्य गरेका थिए ।

इण्डियाना राज्यको साउथ बेन्डका पूर्व नगर प्रमुख चर्चित ,तिक्ष्ण बुद्धि ,होनहार राष्ट्रपति पदका लागि सशक्त उम्मेदवार बुटिगिगले पूर्व उप राष्ट्रपति जो बाइडेनलाई समर्थन मार्च २ सोमबारका दिन दिएका हुन् । उनले समर्थन गरे पछि बुटिगिगले आफ्नो छोराको सम्झना गराएको बताएका छन् । टेक्ससको ड्यालसमा उनले बाइडेनलाई समर्थन गरेका छ । बुटिगिगले उप राष्ट्रपति बाइडेन संग यहाँ हुन पाउनु सम्मानको कुरा हो।

हामीले यसलाई स्पष्ट गर्‍यौं कि सम्पूर्ण विचारहरू डोनाल्ड ट्रम्पलाई हराउन र हामीले साझा गरेको मूल्य मान्यताका लागि युग जित्ने कुरालाई सँगै आदानप्रदान गर्छौ ”बुटिगेले भने।

“त्यो लक्ष्य नै थियो जुन म राष्ट्रपति हुनु भन्दा धेरै ठूलो थियो। र यो समान लक्ष्यको नाममा संयुक्त राज्यका राष्ट्रपतिको लागि जो बाइडनलाई अनुमोदन र समर्थन गर्न पाउँदा म खुसी छु, ”बुटिगिगले भने।

“मलाई लाग्दैन कि मैले यो पहिले कहिले गरेको थिएँ तर (बुटिगिग ) ले मलाई मेरो छोरा ब्होको सम्झना गराउँछ। मलाई थाहा छ यो धेरै जसो मानिसहरुको लागि धेरै अर्थ नहुन सक्छ, तर मेरो लागि यो कुनै पनि पुरुष वा महिला दिन सक्ने सर्वोच्च प्रशंसा हो, “बाइडेनले भने।

यस्तै गरि राष्ट्रपतिकि अर्की सशक्त महिला उम्मेदवार मिनेसोटाकि सिनेटर एमी क्लोबुचरले पनि आफ्नी अभियान अन्त्य गर्ने संचार माध्यमले लेखेका छन् । अमेरिकी ठूला संचारघरहरुले एमी आजै ड्यालस आएर बाइडेनलाई समर्थन गर्ने अपेक्षा गरिएको समाचार लेखेका छन्

पत्रपत्रिकाका अनुसार उनका अभियानका व्यक्तिहरु बाट आजै ड्यालस जाने र बाइडेनलाई समर्थन गर्ने भएकी छिन् ।

श्रोत :न्युयोर्क टाइम्स,सिएनएन तथा अन्य ,तस्बिर :सिएनएन

प्रतिक्रिया