बुधबार, असोज ६ २०७८
काठमाडौं ०९:२१
वासिङटन डिसी 23:36

नेपाली समाज अमेरीकाको चियापान कार्यक्रम न्यु योर्कमा –

इनेप्लिज २०७६ फागुन १९ गते १८:१८ मा प्रकाशित

नेपाली समाज अमेरीकाले न्यु योर्कमा हालै एक चियापान कार्यक्रमको आयोजना गरेको छ । उक्त चियापान कार्यक्रमको भेलालाई अध्यक्षको आसनबाट सम्बोधन गर्नु हुदै समाजका अध्यक्ष समीर महर्जनले नेपालमा संघीयता लागु गर्ने क्रम मा प्रदेशको नामकरण पहिचानकोआधारमा राख्नु पर्नेमा धमाधम भूगोलको आधारमा राखीदै छ,यो कोशी, गण्डकी, बागमती, सगरमाथा जस्तो नाम त पहिले देखी नै थियो । यो प्रकृयाले देशलाई अग्रगमन होइन, पश्चगमन तीर लादैछ। बिभिन्न देश हरुमा पहिचान नामकरण भएको थुप्रै उदाहरणहरु छ। त्यसले गर्दा नेपालमा पनी पहिचान सहितको संघीयताले मात्र सही अर्थमा जनताले अपनत्व महशुश गर्छ भन्नु भयो। उहाले संविधान संशोधन गरेर सम्पूर्ण नेपालीको लागी सम्बोधन हुने संविधान बनाउनु पर्छ भन्नु भयो ।

 

नेपाली महाबाणिज्य दुतावासका प्रतिनिधी गणेश अधिकारीले सबै नेपाली मिलेर भिजिट नेपाल २०२० लाइ सफल पार्नु पर्छ भन्नु भयो।नेपाली समाज डी एम भी पी अध्यक्ष मिलन राईले अमेरिका को राजदुत अर्जुन कार्की समक्ष नेपाली समुदायको समस्याको बारेमा छलफल गर्नु खोज्दा भेट दिनु कन्ज्युस्याई गर्ने बताउनु भयो।

फिपना अधक्ष लोक चेम्जोङ्ग ले नेपाली जनताले पहिचान खोजि रहेको तर सरकारले उल्टो काम गरी रहेकोले सरकार राजनीतिक दलहरुले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ भन्नु भयो।  उक्त भेलामा एन आर एन का बि आर लामा,सुर्य लम्साल,शेर्पा किदुक को उर्गेन शेर्पा,जन सम्पर्क समितीका अमर तामांग,घ्यालसुँदो सेवा समाका निमा लामा ,प्रवाशी नेपाली मंचका राधाकृष्ण देउजा लगाएतकाले आफ्नो भनाइ राख्नु भएको थियो। नेपाली समाजका कोषाध्यक्ष निला जवेगुले स्वागत भाषण तथा कार्यक्रम संचालन महासचिव मनु लोहोरुंग राइले गर्नु भएको थियो। नेपाली हरुको २०२० साल भरीको महान चाडहरु माघे संक्रान्ती ,इद, छठ ,जितिया पर्व,लोसार,येले तंग्बे ,साकेलाको सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली लाई भेटघाट गर्ने र शुभ कामना आदान प्रदान गर्ने हेतुले वर्षेनी यो कार्यक्रम गरिदैं आएको समाजका सदस्य केशब राम राईले बताउनु भएको थियो।

सुरेश चाम्लिङ्ग
न्यु योर्क बाट

प्रतिक्रिया