मंगलबार, असोज १२ २०७८
काठमाडौं ०१:५४
वासिङटन डिसी 16:09

पीट बुटिगिग द्वारा आफ्नो ऐतिहासिक राष्ट्रपति चुनावी अभियान स्थगित

इनेप्लिज २०७६ फागुन १९ गते ३:०३ मा प्रकाशित

पीट बुटिगिगले मार्च १ आइतबारका दिन राती राष्ट्रपति पदको लागि आफ्नो अभियान अन्त्य गरेका छन् । इण्डियाना राज्यका पूर्व नगर प्रमुख ,चर्चित र होनहार राष्ट्रपति पदका दावेदार समेत रहेका बुटिगिगले राष्ट्रपति पदको लागि उम्मेदवारीको अन्त्य भएको घोषणा गरेका हुन् ।

“त्यसकारण हामीले यो कुरा बुझ्नुपर्दछ कि दौडको त्यो लक्ष्यमा ती लक्ष्यहरू र आदर्शहरूसँग विश्वास राख्ने उत्तम तरिका भनेको एकातिर कदम चाल्नु हो र हाम्रो पार्टी र देशलाई सँगै ल्याउन सहयोग गर्नु हो,” बुटिगेले भने। “आज रात, म राष्ट्रपतिको लागि मेरो अभियान स्थगित गर्न गाह्रो निर्णय गर्दैछु।”

बुटिगिगले भने: “यस दौडमा बाँकी रहेको प्रभावलाई स्वीकार्नु हाम्रो जिम्मेवारी हो। हाम्रो लक्ष्य सँधै अमेरिकीहरूलाई डोनाल्ड ट्रम्पलाई पराजित गर्न र हाम्रा मूल्यमान्यताहरूको युग जित्न सहयोग गर्नु हो।”

बुटिगिगको राष्ट्रपति पदको उम्मेदवार हुनु ऐतिहासिक थियो। राष्ट्रपतिको लागि प्रतिस्पर्धी अभियान सुरु गर्ने उनी पहिलो खुला समलिंगी पुरुष हुन् । वास्तबमा बुटिगिग अलाबामा बाट टेक्सस ड्यालस आइतबार जानु थियो । उनले उडान अवधिमा पत्रकारहरुलाई आफ्नो घर साउथ बेन्ड जाने र चुनावी अभियानको घोषणा गर्ने भनेका थिए ।

आफ्नो घर इन्डिएना पुगेर चुनावी अभियान स्थगित गर्ने घोषणा गरे ।

प्रतिक्रिया