म्याद समाप्त भएको औषधि वरामद

इनेप्लिज २०७६ फागुन १८ गते १७:०६ मा प्रकाशित

मनोज दाहाल

विराटनगर, १८ फागुन : औषधि व्यवस्था विभागले विराटनगरका एक औषधि पसलले प्रयोगको म्याद समाप्त भएको औषधि विक्री वितरणको लागि राखिएको अवस्थामा आज फेला पारेको छ।

विराटनगर महानगरपालिका– ९ न्यूरो हस्पिटल अगाडि सञ्चालित फ्रेन्डसिप फार्मेसीबाट म्याद समाप्त भएको विभिन्न १५ प्रकारका एक सय ३९ परिमाणको औषधि फेला पारेको विभागका निमित्त कार्यालय प्रमुख दीपेन्द्र खड्का जानकारी दिनु भयो । विभागले आज गरेको अनुगमनको क्रममा उक्त औषधि बरामद गरेको हो ।

यता फार्मेसीका सञ्चालक विकास मण्डलले औषधी नष्ट गर्न छुट्टै कोठामा राखेको औषधि बरामद गरेको बताउनु भयो ।

यसैगरी अनुगमनका क्रममा आँगन फार्मेसीका सञ्चालक पक्राउ परेका छन् । फार्मेसीका संचालक जयकुमार पुलामी मगरलाई औषधी व्यवस्था विभाग विराटनगरको टोलीले प्राविधिक नराखी औषधि विक्री वितरण गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।(फोटो उपलव्ध छ)

प्रतिक्रिया