सोमबार, असोज ११ २०७८
काठमाडौं ०३:५५
वासिङटन डिसी 18:10

रंगहरुको पर्व होली लसएन्जल्समा आगामी मार्च ८ मा भव्य रुपमा मनाउदै

इनेप्लिज २०७६ फागुन १७ गते ३:०८ मा प्रकाशित

क्यालिफोर्निया(अमेरिका)- मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टर र नेपाल अमेरिका एकता समाजको संयुक्त आयोजनामा हिन्दूहरुको रंगहरुको पर्व होली यसपाली लसएन्जल्समा आगामी मार्च महिनाको ८ तारिख आईतबारका दिन आर्टेसिया पार्क 18750 Clarkdale Ave, artesia CA 90701 मा मनाईंदैछ ।

यो चाँड विशेष गरि हरेक बर्षको फागुण शुक्ल तथा फागु पुर्णिमाको दिन मनाईन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दु हरुको विशेष चाँड हो । होलीको दिन मानिसहरुले एक आपसमा रगंहरु हालेर तथा रंगहरु सँग खेल्ने पर्व हो ।

गत बर्ष लगभग ३०० जना सहभागिता रहेको र यसपाली पनि भव्य रुपमा मनाउने भएकोले मधेसी एसोसिएशन इन अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिनेश शाहले लसएन्न्जल्सबासी नेपाली संघ संस्था तथा सम्पूर्ण सामुदायिक सदस्यहरुलाई सहभागिता भई रमाइलो गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया