आइतबार, चैत १६ २०७६
काठमाडौं ०५:५२
वासिङटन डिसी 20:07

दोश्रो वेगनास कपः फाईनलमा हिमाल एन्ड रक्ष मेमोरियल र शिशुवा भिड्ने

इनेप्लिज २०७६ फागुन १६ गते २२:२३ मा प्रकाशित

फागुन १६, लेखनाथ – वेगनास ताल किनारमा जारी दोश्रो सेभेन ए साईड वेगनास कपको फाइनलमा हिमाल एन्ड रक्ष मेमोरियल र शिशुवा एफ सि भिड्ने भएका छन्। शिशुवा एफ सि ले टाई ब्रेकरमा राईजिङ स्टार युथ क्लवलाई शुन्यका विरुद्ध १ गोलले हराउदै फाईनल प्रवेश गरेको हो। एक एक को बराबरीमा टुङेको खेल टाईब्रेकरमा पुगेको थियो।

शुक्रबार नै सम्पन्न खेलमा अर्को सेमिफाइनल खेलमा हिमाल एन्ड रक्ष मेमोरियलले आयोजक वेगनास रेडलाई एकका विरुद्ध ३ गोल गर्दै फाईनल प्रवेश गरेको हो। डि बक्स नजिकै बाट बेल गुरुङको पासमा युनिक तामाङले जाली चुमाएका थिए । त्यस्तै बेल गुरुङले हेड गर्दै अर्को गोल गरेका थिए। घरेलु मैदानमा दर्शकको साथका वाबजुत पुनः वेल गुरुङको अर्को हेड मार्फत गोल हुँदा आयोजक बेगनास रेड पराजित हुँदा स्तब्ध बनेको थियो। उत्कृष्ट खेल खेलेको आयोजक वेगनास रेडले निर्धा्रित समयमा गोल गर्न नसक्दा पराजय भोग्नु परेको थियो। उत्साहित दर्शकको उपस्थिति र आयोजक टिमको पराजय संगै फाईनल पुग्ने वेगनासको सपना अधुरो बनेको छ।

शनिबार ११ बजे पछि फाईनल खेल हुने टिम संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन् । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसिले समापन गर्ने प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु ५ र ५ हजार प्राप्त गर्ने क्लवका अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिएका छन् ।

समापनको दिन छेलो प्रतियोगिता हुने

शनिबार वेगनास कपको फाईनल संगै छेलो प्रतियोगिता समेत हुने आयोजकले जानकारी दिएको छ। नगद रु २० हजार पुरस्कार राशी रहेको प्रतियोगितामा १५ पाउण्डको छेलो लाई सबैभन्दा टाढा फाल्ने प्रतियोगि नै बिजयी हुने छेलो संयोजक चित्र गुरुङले जानकारी दिएका छन् । सो प्रतियोगितामा भाग लिन शनिबार बिहान ११ वजे सम्म नाम दर्ता गराउनु पर्ने गुरुङले बताएका हुन्।

प्रतिक्रिया