प्रवासी भुजेल समाज कतारको पाचौँ महाधिवेशनको लागि केद्रिय उपाध्यक्ष घर्ती कतार दोहामाआई पुगेका छन् । प्रवासी भुजेल समाज कतारको पाचौँ अधिवेशनका २८ फेब्रअरीका हुदैछ ।
“भुजेल जातिको बिकाश उन्नतीको आधार साँस्कृतिक चेतना शिक्षा र रोगजगार” भन्ने उद्देश्यका साथ विगत एक दशक पहिला कतारमा स्थापन भएको उक्त संस्थाको महाधिवेशनको प्रमुख अतिथीका लागी नेपालबाट केद्रिय उपाध्यक्ष बुद्ध बहादुर घर्ती कतार आईपुगेका छन ।
उपाध्यक्ष घर्तीलाई संस्थाका पदाधिकारीले दोहाको हमाद विमान स्थालमा स्वागतका समेत गरेका थिए ।
कतारको सल्वारोड नजिकै रहेको “ग्रिन हाउस रेष्टुरेन्ट”को सभालमा आयोजना गरिएको पाचौँ अधिवेशनलाई सफल बनाउन कतारमा स्थापित संघ–सस्थालाई उपस्थीतीको लागी आग्राह गर्दै कार्यक्रममा भव्य रुपमा स्थानिय कलाकारहरुको वेजोड सांगितीक प्रस्तुती समेत रहने समाजका सचिव प्रभात भुजेलले जानकारी दिए ।
प्रतिक्रिया