दुई हजार बहत्तरसालको भुँइचलोले भत्काएको गुम्बाहरु भग्नावेशमा रोईरहेका छन्

डिग बहादुर तामाङ्ग २०७६ फागुन १५ गते ११:४६ मा प्रकाशित

 

अप्रिल २५, २०१५ दिन नेपालका लागि ठूलो बिपत्ति दैबिप्रकोपको दिन थियो, त्यो दिनको १२ बजेतिर आएको भुइचालो बिक्रम सम्बत १९९० सालमा आएको जतिकै परिणामको महाकम्पन थियो रे झन्डै म्याक्निच्युट ७ पोइट ८ को थियो, संसारभरि बस्ने नेपालीहरुको लागी अति दर्दनाक कालोरात्रिको दिन थियो त्यो । तर संसारभरिका मानिसहरुले देखाएको मानवीय एकता उदारता सहयोग भने कहिले पनि नबिर्सने खालको थियो । भोलिपल्ट विहान ,त्रिभुवन अन्तरराष्ट्र्यि विमानस्थलमा संसारभरिका सहयोगका लागि आएका हवाईजाहजहरुको तस्बिरले देखाउछन् मानवीय सहयोगको उदाहरण ।

अप्रिल २६, २०१५ विहाना संसारभरि खैलाबैल चलि रहेको थियो, विदेश स्थित नेपाली राजदूताबासहरुको ढोगामा सम्बेदना बिशुध्द मानवीय सहयोग गर्न मानिसहरुको ओइराँे लागेका थिए, यिनीहरु मध्र्य एउटी भित्नामी मुलकी पैतिस चालिस बर्षकी पाँच फिट दश इन्च जति अल्को महिला उनिसंगै आएको तिनजनाले देखाइएको सहयोगको शव्दले बयन गर्न सकिन्न ।

उनि आईन र सोधिन् “के सबै बुष्टि मनस्टरीहरु,चैत्यहरु पनि भत्किए” यत्रो धनजनको तहसनास भएको छ के पो बाँकि रहल र भन्ने जोवाफ सुन्ने बित्तिकै “ म र मेरा साथिहरु पनि बुष्टि धर्मवर्लबी हौं त्यसो भए उक्त बिहारहरुलाई मर्मत गर्न केहि रकम दिन्छु भनिन्” कतिनै पो देलिन् ईन्ले भन्ठानेरा अर्को आगन्तुहरुसंग बोल्न थाले, उनले आफनो छालाको ब्रिफकेस जस्तो खोलिन र, संसारमा सबैभन्दा महगो कलम मोथल्वक हातमा लिइन् र चेक लेख्न थालिन ।

चेकमा के लेख्ने भनेर सोधिन “प्रधानमन्त्री भुकम्ब पिडित कोष” भनेर भनेर सुनाएपछि, चेक हातमा थमाइन् रकम हेर्दा बिश्वास गर्न नसकिने नै थिएन, र तत्रो चेकको रकम पंक्तिकारले जिन्दगीमा पहिलो चोटिनै हो देखेको चारलाख अमेरिकी डलरको चेक थियो त्यो । पंक्तिकारले सो चेकको मोबाइलमा फोटो कैद गरे पछि, प्रथम सचिब, काउन्सेलर र कार्यबाहक राजदूतको हातमा पुग्यो । नेपाली कुटनैतिक सेवाका सबैजना जम्मा भएर उहाँहरुलाई धन्यवाद दिए । पछि थाह भयो उहाँहरु नर्थदन भर्जिनिय राज्यको फेफ्याक्स काउटीको मक्लिन भन्ने शहरमा बासिन्द भन्ने थाह भयो ।

कति रकम कति खाद्यान्न कति लत्ता कपडा, कति ओषधी संसार भरिका मानिसहरुले नेपालीलाई आफनै सम्झेर सहयोग गरे, यहाँका चर्चहरुले जम्बोजेट चार्टर गरेर समानहरु ढोवानी गरि नेपाल प¥याएर फर्के । दुःखपुर्वक एउटा अमेरिकी हेलिक्पटर दोलखा जिल्लाको बिगो गाँउपालीकामा दुर्घटना भयो । त्यस मिसनमा गएका सबैजना दिवंगत भए ।

यसरी संसारले भित्री आत्मदेखि फैलाएको हातलाई, नेपालका उपल्लो तहका नेताहरुले महसुस गरे गरेनन् भगवान जानुन् तर भत्किएका महत्वपुर्ण संरचनाहरुलाई पुननिर्माणका लागि पहल गरेतापनि धेरैले यो योजना विफल नै भएको सम्झि रहेका छन भन्नु अतियुत्तिल नहोल । दैविप्रकोपमा आएका सहयोगलाई नाफामा ह्ेर्ने व्यक्तिहरु पनि कम देखिएका छैनन् ।

यहि महा भूकम्बले गोरखा, नूवाकोट, कान्पिूर भक्तपुर, काभ्रेपलान्चोक, सिन्दुपाल्चोक, दोलाखा, रामेछाप, तहसनहस पारे कतिको ज्यान गए, कति हराए, धेरैलाई बिल्लीबाट बनाए, तर नेताहरुलाई विदेश घुुम्न, चिल्ला गाडि किन्न पाए र पैसा सकाए । अझै धेरेलाई बर्सिनी यसरी नै भुँइचल आए झन बढि धन कमाउने मौका सम्झे तर दुखी पिडित नेपालीलाइहर्रु भने बसाई सार्ने सर्ने, बिस्तापित बनाृउने बनाए यस भुँचलोले ।

हाम्रा गाउ दोलाखा जिल्लाको भेडापु भन्ने ठाँउमा पर्छ, त्यहाँ कमैमानिसको घर बन्यो भुकम्बपछि धेरै मानिसहरुको घर अझै बनेको छैनन । कारण दुईलाखले घर बन्ने होइन, रहेछ एउटा ज्यामी काम गर्नेलाई दिनकोृ तिन समय ख्वाएर एक हजार रुपैयाँ दिन पर्छ कसरी भ्वाउने कहाँबाट ल्याउने यहि प्रश्नले घर बनाउने काम अझै अधुरो ने छन् ।

यहि २०७२ सालको महा भूकम्पले ध्वास्त पारेरका दोलाखा जिल्लाको भेडापु गाँउ पालिकामा तामाङ्ग बुद्धिष्टहरुको पवित्र घ्याङ तिनवटा (गुम्बाहरु) अझै भाक्नबेसमा रोइ रहेका छन् । सहरेको सबैभन्दा पहिले बनेको गुम्बाको आफनै कथा थियो । खाईपा ं(जस्ले नहेरिकना सम्पूर्ण गुम्बाभित्र विभिन्न भगवानहरुको तस्बिरलाई आफनो ब्रस र रंगका भरमा उतारने गुम्बको भित्तमा लेख्न सक्ने व्यक्तिलाई खाइपा भनेर दर्जा दिइने चलन छ, आकु खाइपा ९१ ब्र्षको हुनु हुन्छ उहाँलाई खाइपा भनेर चिनिन्छ उहाँको नाम श्री कुशुक लामा तामाङ्ग घिसिङ्ग होे, अझै जिन्दाको घरमा(जजमानकों घरमा गएर पुजापाठ गरेर पित्री कार्यादेउ कार्यमा संलग्न गर्न जानु हुन्छ ।

भेडापु भन्ने गाँऊमा तामाङ्गहरुको चार थरिको बाहुल्य भएको बस्ति हो, जहाँ गोलो, थोकर, घिसिङ तेसपछि मोक्तनहरु । योन्जन र जिम्बा ग्यापाहरु नगन्यमा छन् । बिक्रम सम्बत् १९०६ मा भिमसेन थापाका छोरिपट्टिका नाती जंगबहादुर युरोपको भ्रमण गरेपछि, फ्रान्समा उन्ले उपत्रो मात्रै गरेनन्, आफूले लगाएको बहुमुल्य ज्वारतको हार एउटी नर्तकीलाई दिए, एक लाख सेनाको कौउच हेर्ने ईच्छ देखाए । नेपोलियन बोनापार्टको मुलुकी ऐनलाई कपिपेष्ट गरेर, नेपालमा ल्याएर जयस्थिती मल्लले बनाएका मोकिख कानुनलाई झनै जनजातीहरु मथि बर्बतापूक दुःख दिन लादिए तर तामाङ्गहरुले राज्यबाट दिइने कठोर जातिएभेदभावलाई अपमानलाई सहेर पनि आफनो सतियौंदेखि मान्दै आएको बौद्धधर्म प्रति सम्झौत गरिएनन्, जो आजका पढेलेखेका तामाङ्गहरुले गर्वसाथ भन्न पाई रहेको छ “हामीले धर्मलाई छाडिएनौ”।

म्हेमे (जिज्युं) बाजे श्याल्टु लामा तामाङ्गको तिन भाई छोराहरु, पहिले पहिले लामा बिद्यनपढनेले बाहेक लामा लेख्न पाईन्दैन थियो । आजकल सबै लामा बनेका छन् लोकलाजलाई छल्न । जेठाको नाम थियो ऊम्जे लामा तामाङ्ग लामा, माईलाको नाम थियो दलजीत लामा तामाङ्ग साँइलो अकलामा मृत्यूभएकोले उनको नाम समाजमा खासै उल्लेख छैन । उहाँहरु परंपरगत रुपले लामा विद्यको ज्ञातक हुनुथ्यो भन्नु हुन्छ आकु खाईपा र उहाँको छोरा खेन्पो निमा साङ्गभो तामाङ्ग लामा तर खेन्पो भनेको पिएच डि सरहको विद्या हो धर्मशास्त्रमा यो पनि जानि राख्न पर्ने विषय हो । हाम्रा बाउबाजेले र गाँउलेहरुको सहयोगमा े बनाएको गुम्ब अझै ै भाक्नबेसमा रोइ रहेका छन् दाई भनेर सुनाउदा कसको मन नरुलान् ? यस्तै उहाँका बाबुका बुढोमवाली पट्टिका लामाकाँइलाको नातीहिरु, पाल्तेनले गैरिटोल एउटा मोक्तन गुम्बा, ठलोकान्छले सल्लेनिमा अर्को गुम्बा, लाम पाराङ्ग –माईलो निकासीमा एउटा गुम्ब बनाएर भगवानको सेवा गरि राखेका थिए ।

तर दुर्भाग्यवास २०७२ सालको भुँचलोले भत्काएर सबै ध्वास्त बनाए, अहिले सम्म बनाउन शुरसार केहि छैन, खेन्पो निमाले सुनाए मलाई फोन मार्फत “ज्योचो –दाई ( सरकारले दिने दुई लाख त जस्तापातालाई मात्रै ठिक्क हुन्छ, सरकारसंग सहयोगको आवेदन दियो स्थानीय विकास मन्त्रालय, तेसपछि गुम्बविकास समिती त्यसपछि गाँउपालिका ईत्यादि ठाँउ धाउदा धाउदा ने गुम्बको पुर्णिमानको काम नहोला जस्तो भयो दाई त्यसैले अधुरो भयो अनिश्चित छ, पुन निर्माणको काम ।

ऐतिहासिक पृष्ठभूमीलाई केलाउन पर्दा :

हालको दोलाखा जिल्लालाई २०१७ साल भन्दा पहिले पूर्व २ नम्बर भन्ने चलन थियो, यस जिल्लामा, धेरै तामाङ्ग बस्ति मध्ये भेडिापुलाई सातसय भेडापु भनिन्थ्यो र ध्याङखोलाउता गाँउलाई ५ सय घ्याङ भनिन्थ्यो । फाटकेखोला उताको गाँउलाई भने मेलुङ भनेर चिनिन्थ्यो, जहाँ नेपाली आर्मीको मिल्सिय गुल्म रहन्थ्यो र बारुदखाना, हतियार राख्ने कोत, त्यहाँका हाकिम एउटा कप्तन दर्जको व्यक्ति रहन्थ्यो । चरिकोटलाई छोटि अड्डा र रामेछापलाई गोस्वारा भन्ने चलन थियो हामीलाई यसरी नै थाह हुन्थ्यो ।

यी गाँउहरुमा तामाजातीको घनाबस्ती थियो, भेडापुमा, गोले, थोकर, घिसिङ्ग दुई घर मोक्तनहरुको थियो । गैरीटोलमा घिसिङ्ग र बायाँकाठमा पनि घिसिङ्ग बस्ती नै थियो ।यस गमध्ये म्हेमे (जिज्यू) स्याल्टु घिसिङ्ग लामाको पालोमा, फोलासीबाट छोरिज्वाँई काँइला लामा मोक्तनलाई कुटुम्ब बनाएर गैरीटोलमा ल्याए छ । यता स्याल्टु म्हेमेको तिन भाई छोरा मध्ये जेठाका नाम उम्चे लामा, माइलाको नाम दलजीत लामा । अंश बाँडने क्रममा दल्जीत लामालाई लेखाको जग्गा सहरे परेछन ।

त्यहाँ उनले जजमानी गर्ने, गुफा राख्ने खेती किसान गर्ने गरि गुजारा चलाउने क्रममा एउटा गुम्बा बनाउने सोच राखेर जजमानी गर्ने क्रममा आफनो इच्छ व्यक्त गर्दो रहेछ । दल्जीत आखे बाजेले बनाउन भएको गुम्बामा दोस्रो बिश्वयुद्धमा इन्डोनिसिय पुगेर पंक्तिकारको बाबु लाल बहादुरले खरङा ढलुडको ढाँग्रो र बिर धोज गोले तामाङ्गले ईटालीबाट केहि महत्वपूर्ण समानहरु ल्याएर चडाएर घ्याङ बनाउन सहयोग गरेको कथा आखे दल्जीतले हामी केटाकेटीहरुलाई कथा सुनाउन हुन्थ्यो

प्रत्यक्ष देखेको आधारमा ।
डिग बहादुर तामाङ्ग

भेडापु, दोलाखा, हाल अमेरिका ।

प्रतिक्रिया