डिसी मेट्रोबासी नेपालीले किने सामुदायिक भवन र मन्दिरको लागि भवनसहितको जग्गा

राजेन्द्र खनाल २०७६ फागुन १५ गते ११:४७ मा प्रकाशित

डिसी – भर्जिनिया, अमेरिका ,

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक ) ले  सामुदायिक भवन निर्माणको क्रममा ३.१ एकरको क्षेत्रफलमा रहेको ३ तले भवनसहितको २५० जति पार्किंग भएको जग्गा आफ्नो नाममा पास गरेको छ ।
वासिंगटन डिसीबाट आधा घन्टाको समयमा पुग्न सकिने ठाउँ मनाससमा सामुदायिक भवन तथा मन्दिरका लागि १.७ मिलियन डलरमा २ वटा भवनसहितको सम्पत्ति खरिद प्रक्रिया सम्पन्न भयो ।
सम्पूर्ण डिसी मेट्रोबासी नेपालीहरुको प्रयासमा यो काम सम्पन्न भएको हो । करिब १ वर्षको अवधिमा विभिन्न पेशा र क्षेत्रमा रहेका नेपालीहरूलाई  एकजुट गराई १.७ मिलियन डलरमा २ वटा भवनसहितको सम्पत्ति समुदायकै लागि खरिद गर्नु चानचुने कुरा होईन ,यति छोँटो अवधिमा गरिएको यो नेपालीहरुको  पहिलो र ऐतिहासिक काम नै हो ।
आफ्नो धर्म तथा सँस्कृतिको संरक्षणार्थ बनाउन लागिएको सामुदायिक तथा साँस्कृतिक भवनको परियोजना डिसी मेट्रो सप्ताह २०१९को माध्यमले अगाडि बढिरहेको यस अभियानमा सुरुआतदेखि नै खट्नुहुने पण्डित राजेन्द्र खनाल, अरुण रुपाखेती, ददि ढुंगाना, गोपाल रेग्मी, प्रेम संग्रौला, पुरु सुवेदी, सुमन तिमसिना, ठाकुर ढकाल, डा. मदन उप्रेती, चन्द्र /बिना लामा, हरिकृष्ण पुडासैनी, गुणराज लुँईटेल, परशुराम भण्डारी, अर्जुन सिग्देल, केशव बराल, मधु पन्थी, वासु/ कल्पना सत्याल, गोविन्द मैनाली, प्रेम पौडेल, सुनिता सुवेदी, प्रेम भण्डारी, टीका मैनाली, प्रदीप ढकाल, तोया पौडेल, मेदिनी अधिकारी, हरि शर्मा, राजन अधिकारी, भीम रेग्मी, राज गौतम, राजीव मैनाली, शिव लामिछाने, सीता काफ्ले, तारा पोख्रेल, अर्जुन ढुंगेल, देशराज संयोग, सुनिता खत्री, प्रज्ञानराज आचार्य आदिको सक्रियतासँगै डिसी नेपाली समाजका सम्पूर्ण सदस्य, नेपाली पाठशाला सेन्टरभिल अमेरिकाका सम्पूर्ण सदस्य, आदर्श नेपाली समाजका सम्पूर्ण सदस्य, दुर्गा पाठशालाका सम्पूर्ण सदस्य, एएनएचएसमा आबद्ध सम्पूर्ण सदस्य, भर्जिनिया एनआरएन, एएनएलएसका सम्पूर्ण सदस्यहरुको मिहिनेत लगाव, परिश्रम र अथक प्रयाससहित डिसीमेट्रोबासी नेपालीहरुको तन, मन र धनले यो संभव भएको हो । यससँगै यस क्षेत्रमा रहेका मिडियाहरुको (ईनेप्लिज, डिसीनेपाल, ग्लोबल नेपाल टिभी, बिराट नेपाल, , नेपाली पोष्ट, खुलामन्च, ईन्जा आदि मिडियाहरु) पनि उत्तिकै मिहिनेत र अथक प्रयास रहेको छ ।
सोही स्थलमै  भवन खरिदको कागजी प्रकृया सकिएलगत्तै यस अनौपचारिक कार्यक्रममा धेरैले आफ्नो प्रतिक्रिया मिडियामार्फत दिँदै यस खुसियालीमा लड्डु खाई बिदा भएका थिए ।
बधाई छ डिसी मेट्रोवासीलगायत सबैजनालाई ।
यसको ठेगाना रहेको छ –
10501 Balls Ford Rd, Manassas VA 20109 यस सँस्थाको सदस्यता लिने क्रम तीव्ररुपमा अगाडि बढिरहेको छ । यस बारेमा थप बुझ्न, सदस्य बन्न र जान्नका लागि http://www.nepalicenter.org
 यस लिंकलाई खोली हेर्न सक्नु हुनेछ ।
              

 

प्रतिक्रिया