आइतबार, चैत १६ २०७६
काठमाडौं ०५:१६
वासिङटन डिसी 19:31

भ्वाईस फर युथले डा सन्दुक रुइतको हिमालयन मोतिबिन्दु परियोजनाको लागि ७ हजार डलर हस्तान्तरण

इनेप्लिज २०७६ फागुन १५ गते २:२० मा प्रकाशित

 

गत फेब्रुअरी १५, शनिबारको दिनमा ” भ्वाईस फर युथ ” नामक संगठनले अमेरिकाको न्यूयोर्क शहरमा ” प्रेरणादायक भाषण -डाक्टर सन्दुक रुईत संग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

यो कार्यक्रममा वरिष्ठ आखा रोग विशेषज्ञ डा रुईतले आफ्नो जीवन भोगाई सफलता र संघर्षको बारेमा प्रेरणादायक भाषण दिएका थिए । करिब ५०० जना को उपस्थित रहेको सो कार्यक्रममा करिब एक घण्टा लामो प्रश्न र उत्तर भएको थियो । श्रोताहरुले डा सन्दुक रुईत आफ्नो प्रोफेसनल र व्यक्तिगत जीवनको बारेमा बिभिन्न प्रश्न सोध्नु भएको थियो ।

साथै यो कार्यक्रममा सबै भन्दा महत्वपूर्ण खण्ड भनी ” भ्वाईस फर युथ ” जस्का संस्थापक निर्देशक छिरिङ्ग लामा योन्जन हुन् जो सिटी युनिभर्सिटी अफ न्युयोर्कका कलेज विद्यार्थी हुन । उनले सहभागीहरुबाट करिब $ ७ हजार डलर दान सकलन गरे ।

हिमालयन मोतियाबिन्दु परियोजनालाई हस्तान्तरण गरेको छ । हिमालयन मोतियाबिन्दु प्रोजेक्टले एशिया ,अफ्रीकाका विकास उन्मुख देशहरुमा मोतियाबिन्दु बिरामीहरुको उपचार गर्दै आएका छन् ।

भ्वाईस फर युथ सस्थांले बिगत २ वर्ष देखि अमेरिकाको न्युयोर्कमा बस्दै आइरहेका विद्यार्थीहरुको लागि मोतोयाबिन्दु स्पीच कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया