प्रिन्सको देश प्रेम गीत माया लाग्छ नेपालको छिटै बजारमा आउने

इनेप्लिज २०७६ फागुन १४ गते २३:२५ मा प्रकाशित

चितवन : छोटो समयमा नै अलग अलग धारमा गीत मार्फत लोकप्रिय बनेका बाल गायक प्रिन्स सिलवालको फेरि अर्को गीत बजारमा आउने भएको छ । भिडियो सहित एक साथ सार्वजनिक गर्ने गीतको सबै तयारी पुरा भएको छ । प्रिन्सले यो गीत एकसाथ प्रेम घिमिरेको साथमा बजार ल्याउन लागेको हुन् । जसको भिडियोमा पनि दुवैको मुख्य अभिनय रहेको छ ।

प्रेम घिमिरेकै शब्द संगीत रहेको गीतमा दिनेश न्यौपानेले एरेन्ज गरेका हुन् । र भिडियोको अनिल कटवालले निर्देशन गरेका छन् । केहि दिन अगाडी मात्रै पर्यटकीय नगरी पोखरा र काठमाडौँमा गीतको भिडियो छायाकंन गरिएको थियो । यस अघि गायक सिलवालको दशै मनाउने हो‘चंगा उडाउने हो र न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया बोलको गीत सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया