स्याङ्गजा जिल्ला भिरकोट नगरपालिका वडा नं -९ ठुलीभन्ज्याङ स्थित यम बहादुर गुरुङको १२ बर्षका छोरा युनिष गुरुङलाई घरमै सुतिरहेका बेला एक्कासी बाघले आक्रमण गरी घाइते बनाएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ६ बजेको समयमा कोठामा सुतिरहेका बालक युनिषलाई बाघले घांटी र निधारमा आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते बालकलाई हाल उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको छ ।घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया