एनापोलिस स्थित मेरिल्याण्ड हाउस अफिस बिल्डिङमा ‘राईज अप ‘ प्रदर्शनी हुने

इनेप्लिज २०७६ फागुन १३ गते २३:२१ मा प्रकाशित

आगामी मार्च ७ तारिख शनिवार नेपा: पासा पुच: अमेरिकाय (एनपीपीए) ले तेस्रो युवा परिचालन र नेटवर्किङ कार्यक्रम आयोजना गर्ने भएको छ। अमेरिकाको डिसी महानगर क्षेत्रमा २९ वर्ष अगाडि स्थापना भएको नेपा पास पुचः अमेरिकाय क्रियाशील गैर मुनाफा सामाजिक संस्था हो । उक्त कार्यक्रम मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसस्थित मेरिल्याण्ड हाउस अफिस बिल्डिङमा हुनेछ ।

मेरिल्याण्ड स्टेट क्यापिटलमा उक्त कार्यक्रमको अनुभव लिनका साथै भ्रमणका लागि उत्तम अवसर भएको एनपीपीएले जनाएको छ। उक्त कार्यक्रमको उद्देश्य नेपाली समुदाय भित्रका सबै युवाहरुको सोंचलाई जोड्नु रहेको छ। यसबाट युवाहरुको व्यक्तिगत तथा कला सिपलाई पनि व्यवसायिक बिकासमा बढावा हुने आयोजकले आशा राखेको छ।

उक्त ऐतिहासिक क्षणमा ‘राइज अप ‘वृतचित्र को पनि प्रदर्शनी गरिने छ । उक्त वृतचित्रमा कलाकारहरु युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत तथा मोडलिङका प्रशिक्षार्थी सन्देश थापा र नेपाली मुलकी क्यालिफोर्नियामा २ बर्षे अभिनय पाठ्यक्रम पुरा गरि केही अन्तराष्ट्रीय विज्ञापनमा समेत अभिनय कला प्रस्तुत गरिसकेकी क्षमताकी खानी दिब्ना थापाले अभिनय गरेकी छिन् ।

जस्मा एस राज प्रोडक्शनका (शंकर राज वाग्ले) र संजय कार्कीको छांयाकन रहेको छ भने यस वृतचित्रमा शंकर राज वाग्लेले निर्देशन गरेका हुन् । यस चलचित्रमा बर्नीन २०२० को फिल्ड अर्गानाईजर शुस्मिक लामाले संयोजन गरेकी छिन् ।

र अन्य कलाकारहरु पेन्सिलभनिया निबासी क्रियाशील युवा साजन लामा ,मिस नेपाल क्यालिफोर्नीया सेकेण्ड रनरअप अनिसा ओली ,अशुतोष ओली, लसएन्जल्स निबासी केहि म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका युवा ब्यबसायी श्याम सेढाई ,सामाजिक क्षेत्रमा अत्यन्तै क्रियाशिल सामाजिक अभियन्ता टेक वाईबा लामा ,साउथ एशियन नेटवर्क की सामाजिक कार्यकर्ता नुतन काफ्ले ,सामाजिक अभियान्त विष्णु राउत, निरता कार्की र ईरानी कलाकार डोरीन टबिवियनको समेत अभिनय रहेको छ

यस समुह प्राविधिक हिसाबले दक्ष टिम रहेको र अन्तराष्ट्रीय डायस्पोरामा घटिरहेको बास्तविक घटनाक्रम तथा विभिन्न हिसां, हत्या र सामाजिक विकृतिसंग जोडिएका विषयहरुलाई राईज अप गर्ने र विभिन्न समसामयिक जनचेतनामुलक भिडियोहरु निर्माण गरीरहेका छन् र यस वृतचित्रको कथाबस्तु सचारकर्मी डोल्मा लामाले लेखेकी हुन् ।

लामाका अनुसार बृत्तचित्रमा वास्तविक जीवनमा ठाउँ ठाउँमा घटीरहेका महिला हिंसाका घटनाहरुलाई उजागर गरिएका छन् र आजको २१ औ शताब्दीमा डिजिटल संचार माध्यमबाट प्रभावकारी ढंगले सामाजिक सचेतना बढाउन सकिने बताईन्।

प्रतिक्रिया