आइतबार, चैत १६ २०७६
काठमाडौं ०६:१३
वासिङटन डिसी 20:28

नेविसघंका पूर्व सभापति तथा पूर्व सभासद धनराज गुरुङलाई न्युयोर्कमा स्वागत

इनेप्लिज २०७६ फागुन १३ गते ११:४६ मा प्रकाशित

न्यु यर्कमा नेविसघंका पूर्व सभापति, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सभासद धनराज गुरुङ र उहाकी धर्मपत्नीलाई गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले स्वागत गरेका छन् ।

गत सोमवार, फेब्रुअरी २४, २०२० उहालाई स्वागत गरिएको हो । वहाँहरुलाई स्वागत गर्ने क्रममा फाउण्डेशनकै उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्यहरु क्रमशः प्रेम पौंडेल, सुर्य सिमखडा र छिरिङ्ग राप्के लामा हुनु हुन्थ्यो ।

उक्त स्वागत कार्यक्रममा पूर्व नेजससअका सयोंजक बिष्णु सुवेदी, नेजससअ निर्वाचन तयारी समितिका महासचिव मुनेन्द्र नेम्बाङ्ग, नेजससअ निर्वाचन तयारी समितिका केन्द्रीय सदस्य सुन्दर गुरुङ्ग, नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्त सुवेदी, नेपाल तरुण दल पर्वतका उपाध्यक्ष हेमन्त मल्ल लगायतले धनराज गुरुङलाई कार्यालयमा स्वागत गरेका थिए

धनराज गुरुङ र उहाकी पत्नीको छोटो अमेरिकी भ्रमण सफल रहोस भनी गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया