“अन्तरराष्ट्रीय मातॄ भाषा दिबस” को कार्यक्रममा “हिमालयन भाईब्स”द्वारा लोक सांगितिक प्रस्तुति

इनेप्लिज २०७६ फागुन १३ गते १०:४९ मा प्रकाशित

टोरोन्टो, “अन्तरराष्ट्रीय मातॄ भाषा दिबस” को उपलक्ष्यमा “बंगलादेशी सेन्टर एण्ड कम्युनिटी सर्भिसेज” टोरोन्टो द्वारा आयोजित कार्यक्रममा “हिमालयन भाईब्स” ले नेपाली लोक सांगितिक धूनहरु प्रस्तुत गरि सहभागिता जनाएको छ। बिगत का बर्षहरुमा झै यस बर्ष पनि सो संस्थाले “अन्तरराष्ट्रीय मातॄ भाषा दिबस” बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ।

सो कार्यक्रममा हिमालयन भाईब्सले नेपालको बिभिन्न भौगोलिक क्षेत्रका प्रसिद्द लोकगीतहरुको लोकधून प्रस्तुत गरेका थिए ।कार्यक्रममा प्रसिद्द मादलबादक सानुराजा महर्जन (मादल) हरि लम्साल (सारङ्गी), प्रदीप बाँस्कोटा (बाँसुरी) उत्तम माकजु (बेस धिमे), किशोर राजभण्डारी (ईफेक्ट), सन्जय अधिकारी (गिटार)को सहभागिता थियो। सो प्रस्तुति निकै रोचक र कर्ण प्रिय भएको आयोजक समुहका सुमि रहमानले जनाएका थिए।

कार्यक्रममा बिभिन्न बक्ताहरुले बिशेष गरि प्रबासमा मातॄ भाषा संरक्षण र संबर्द्दनको लागि यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका हुने र युबा बर्गको संलग्नता अत्याबश्यक हुने बिचार ब्यक्त गरे । साथै बक्ताहरुले बंगाली भाषा लाई मान्यता दिलाउन बंगलादेश पाकिस्तान बाट छुटिनु अघि धेरै संघर्ष गर्नु परेको बताएका थिए । सो कार्यक्रममा बंगाली समुदायले मातॄ भाषा सम्बन्धि नॄत्य, गीत, गीति नाटक प्रस्तुत गरेका थिए भने टोरोन्टो स्थित बंगाली समुदायको सक्रियतामा मातॄ भाषाको सम्मानमा ईस्टयोर्क स्थित डेटोनिया पार्कमा “मातॄ भाषा स्मारक” स्थापना को लागि आबश्यक कार्य प्रारम्भ गरि सकेको छ।

प्रतिक्रिया