शिवरात्रीमा फूलैफूलको सजावटले फेरिएको पशुपतिनाथ मन्दिरको नयाॅंरूप

शशी के.सी २०७६ फागुन १२ गते २३:५० मा प्रकाशित

परदेशको बसाई,सदा झैं शिवरात्रीमा पशुपतिनाथको दर्शन गर्नु पर्यो भनेर नेपालमा हुने साथीहरूले फेसवुकमा राखेको फोटोहरू रअनलाइन पत्रीकाहरू हेर्छु त, मन्दिर त पुरै रंगीचंगी फूलैफूलले सजिएको रहेछ। तल मन्दिर आउने ढोकाको दुवैतिर फूलैफूलले छोपेरफूलको ढोका नै बनाईएको, फूलको शिवलिॅग,साॅंडे, ओम, स्वस्थिका चिन्हहरू, त्रिशुल, डमरू, फूलकै मुजुर,मन्दिरको वरीपरी रहेका स-साना मन्दिरको छानामा पनि फूलको माला लगाइएको देखियो। ओहो पशुपतिनाथ मन्दिर परिसर त पुरै कुनै”फूल प्रदर्शनी स्थल” नैजस्तो । हुॅंदा हुॅंदा त मन्दिर छिर्ने पश्चिमतिरको मुख्य द्वार त अरूबेला देखिने भन्दा पुरै फरक, ढोकामा रहेको दुवैतिरको सिंहको मुर्तिलाईत सेतो फूलको हात्ती वा गणेशले ढाकिएको, ढोकापनि फूलैफूलले सजाईएको, बाहिरबाट हेर्दा देखिने भित्रको साॅंडे त नदेखिने भएकोरहेछ। कतै पढेंपनि, भारतले सित्तैमा मन्दिर सजाउन फूलहरू पठाएको रे। लौ राम्रै गरेछन् जस्तो पनि लाग्यो। साथै कताकता,सॅंधैपशुपतिनाथ मन्दिर ढोकाबाट हेर्दा देखिने जस्तो नदेखिॅंदा खल्लो, अनौठो जस्तो लाग्यो।

आफु काठमाडौंमा जन्मेको, हुर्केको, पशुपतिनाथ मन्दिर सानैदेखि पटक पटक गएर होला धेरै भावनात्मक ( मन्दिर त बिंभिन्न गईयो, खैकतै पशुपतिनाथ मन्दिर गएको जस्तो आफ्नोपल, खुशी,आनन्दै नलाग्ने),साथै केटाकेटीबेलाका कति रमाइला पलहरू पनि सम्झनाआउॅंछ (सानोमा मम्मीहरूसॅंग मन्दिर छेउको मिठाई पसलमा मालपुवा,जेरी,रसवरी, तरकारी खान पाइन्छ भन्ने लोभले पछिपछि लागेरगएको, तिजमा रातो कुर्थाशुरूवाल लगाएर तल ढोकादेखि बिहान बिहान केही नखाई लाइन लागेर उभिएको साथीहरूसॅंग, बाग्मतीमा, गौरीघाटमा नुहाएको पुष माघको जाडोमा हजुरआमा/आमाहरूसॅंग स्वस्थानी भन्ने बेला, भाईहरूले बाग्मतीमा पौडी खेलेर आएका अनिभोलि पल्ट बिहान ओछ्यान मिलाउॅंदा बालुवा भेटेर मम्मीको गाली खाएको, बाग्मतीमा माछा मारेको देखेको, बुढो साॅंडेले लखेटेको, बाॅंदरले गाला चट्काएको,कति कति तिता मिठा सम्झनाहरू त)। तेस्तै मेरो साथै काठमाडौंका हिन्दु धर्म मान्नेहरूको लागि सुख/ दु:खकादिनहरूमा जाने ठाउॅं पनि हो पशुपतिनाथ मन्दिर। शुभकार्य ( बिबाह, ब्रतबन्ध, नयाॅं जागिर, नयाॅं घर, लाखबत्ति,जाॅंचमा पास हुॅंदा वा कतैलामो यात्रा जानु अगाडी) जाने ठाॅंउ हो भने,अन्तिम यात्रा यो लोक छोडेर परलोक जाने ठाॅंउ पनि पशुपतिनाथको पुर्वपट्टिको घाट।

धार्मिक ग्रन्थमा त पशुपतिनाथ मन्दिर, पाशुपतक्षेत्रको ठुलो महत्व छ। यो मन्दिर नेपालको सर्वाधिक प्राचीन र पवित्र तीर्थ मध्येको एकहो । पशुपति ज्योतिर्लिंगको उत्पत्ति आफैं भएको मानिन्छ ।किंवदन्ती अनुसार, एक ग्वालाको गाईले सॅंधै दिने दुधभन्दा कम दिन थाल्योरे, एकदिन किन यस्तो भयो भनेर गाईको पछि पछि जाॅंदा त एकठाउॅंमा गाईको दुध आफै बगेको देख्यो रे र त्यो ठाॅंउ खनेर हेर्दा तशिवलिंग भेटियो। तेही ठाउॅं नै अहिलेको पशुपतिनाथ मन्दिर हो भनिन्छ। बिभिन्न तिर्थस्थलसॅंगै पशुपतिनाथको एकपटक दर्शन गरेमामोक्ष पाइन्छ भनेर नेपाल, भारत तथा संसारभरका हिन्दु भक्तजनहरू दर्शन गर्न आउने गर्छन्। यो मन्दिर किरात, गोपाल, आभीर, लिच्छवीर बौद्ध धर्मावल्मबीले पनि उत्तिकै आस्थाको केन्द्र मानेर पुजा गर्छन्। बिभिन्न चाडपर्व,खासगरी महाशिवरात्रि, हरितालिका तीज, बालाचतुर्दशी, श्रावण महिनाको सोमबार यस मन्दिरमा भक्तजनको भींड लाग्छ।

फेरि कुरा गरौं फूलकै, शिवरात्रीको दिन पशुपतिनाथ मन्दिर वरीपरी फूलसॅंग खिचेको राम्रा राम्रा साथीहरू सबैको फोटोहरूमा फेसवुकेधर्म पुरा गर्दै लाइक, कमेन्टहरू गरें। भोलिपल्ट त कुरा अर्कै छ। कसैले लेखेको फूल चोरी भयो, फूल वाॅंदरबाट बचाईयो तर मान्छेबाटसकिएन, कसैले चोर्दै गरेको फोटो राखेको स-साना केटाकेटीहरूको, कसैले केटीहरूलाई संस्कारै नभएका भनेर गाली गरेको, कसैलेमन्दिर गएर धर्म भन्दा पाप गरेको, असभ्य, कुसंस्कारी, आदिम, अमानुष, आदि के के हो लेखिसाध्य छैन्। भिडियोमा तेहाॅं खटिएकास्वंयमसेवक, प्रहरीहरूले नगर भन्दाभन्दै पनि लगे, हामीले रोक्न सकेनौं भन्नेपनि देखियो। हुनपनि हिजोको सेतो साॅंडे त हरियो छ,ढोकापुरै बुच्चो फूल नभएर। हुॅंदाहुॅंदा त भारतले सित्तै दिएको फूल भनेको त कहाॅं हो रहेछ र केही त हो रे अरू त “पशुपति क्षेत्र विकास कोषलेपशुपतिनाथलाई फूलैफूलले सजाउन झण्डै दुई करोड रुपैयाँ खर्च गरेको रहेछ। फूलहरु थाइल्याण्ड,अष्ट्रेलिया, भारतलगायतकादेशबाट ल्याइएको रहेछ।”

हो फूल कस्लाई मन पर्दैनर अनि फूलले सजाउॅंदा साॅंच्चै राम्रो नै देखिन्छ नी जहाॅंपनि। नेपालमा नपाउने फूल रहेछ, लाखौं दर्शन गर्नगएका थिए पशुपतिनाथ मन्दिर तेसदिन भोकभोकै लाइन बसेर घन्टौं, हुलमा कसैले नौलो फूल राम्रो लागेर एउटा लगौं सोचेर लगे होलान, कसैले भाॅंग खाएको सुरमा लगे होलान, कसैले रमाइलोकोलागि लहैलहैमा लागेर टिपे होलान्। फूल त चोखो थिएन, सबैले छोएको, पुजा गर्न त पक्का लगेनन्। सोचौं त पशुपतिनाथको मुल द्वारको दुबैपट्टी रहेको परापुर्वकालदेखि रहेको सिंहको मुर्तिहरू आफैमा राम्रोछैन र ? किन तेसलाई छोप्न पर्यो। हो यो बर्ष “भ्रमण बर्ष २०२०” प्रचार गर्न नै थियो भने, पशुपतिनाथ मन्दिर बरीपरी तेत्रो खाली जग्गाछ, कतै सुरक्षित ठाउॅं घेरेर, फूलैफूलले सजाएर ढोकाहरू, शिवलिंग, साॅंडे, मुजुर, ओम आदी राखेको भए कति राम्रो हुन्थ्यो होला । मान्छेशान्तिसॅग फूलको आनन्द पनि लिन्थे, फोटो खिच्थे। कसैले फूल चोरेको पाप वा सराप त खानु पर्ने थिएन, तेत्रो पवित्र शिवरात्रीको दिन।

गर्न नसकिने पनि होईन, अहिले मन्दिर धेरै व्यवस्थित छ पहिलेभन्दा, जुत्ता राख्ने कस्तो राम्रो छ व्यवस्था पैसै नतिरि, लाखबत्ती बाल्ने छुट्टैठाउॅं छ, पैसा तिरेर जल चढाउन छुट्टै व्यवस्था छ, लाइन बस्न नचाहानेहरूको लागि पश्चिम ढोका अगाडिबाट दर्शन गर्न सकिन्छ, चन्दनतल नवग्रह र हनुमानको मूर्ति पछाडीको टेवलबाट लिन सकिन्छ। सरसफाई राम्रो छ। अझैपनि भित्र फोटो खिच्न पाइन्न। एउटा खट्केकोचाहीॅं, तल पैसा तिरेर किनेर लगेको फूलप्रसाद त पहिले जस्तो भित्र बिभिन्न द्वारमा रहेका मूल पुजारीहरूले लिएर भित्रको मुर्तिमाछुवाएर, चढाएर फिर्ता दिने, मगमग बास्ना आउने चन्दन चाहीॅं नलगाईदिने रहेछन । फूल त ढोका छेउमा रहेका साना पुजारीले दिनेसाथतेहाॅं रहेको भाॅंडामा हालिदिने रहेछन्। आजकल त किन्नै छोडें।

अन्त्यमा श्री पशुपतिनाथले सबैको कल्यान गरून

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया