आइतबार, चैत १६ २०७६
काठमाडौं ०५:४०
वासिङटन डिसी 19:55

क्यान्सर पीडित पत्रकार कमल पौडेलको उपचारमा सहयोग गर्न जापानमा संचालित अभियानमा १ लाख ६८ हजार संकलन

इनेप्लिज २०७६ फागुन १२ गते १४:१४ मा प्रकाशित

ओशाका, जापान । व्लड क्यान्सर पीडित वरिष्ठ पत्रकार कमल पौडेलको उपचारार्थ सहयोग गर्न जापानमा तीव्र रुपमा सहयोग संकलन अगाडि वढेको छ । पत्रकार प्रेम वानियांको जय स्वाभिमान अभियानमा जोडिएकी अभियानकर्मी ज्वाला संग्रौलाले सुरु गरेको अभियानमा अहिलेसम्ममा जापान र अन्य मुलुकवाट १ लाख ६८ हजार ९ सय २९ रुपिंया जम्मा भएको उनको फेसवुक विवरणले देखाउंछ ।

सिभिल हस्पिटल मीनभवनमा उपचार गराइरहेका पत्रकारको उपचारमा ३० लाख रुपिंयाभन्दा वढी रुपिया खर्च हुने भएपछि अभियन्ताहरुले स्वस्फूर्त रुपमा सहयोग संकलन गरिरहेका छन् । जापानवाट ज्वाला संग्रौलाले सुरु गरेको अभियानमा सहयोग गर्नेहरुमा नेपाल चलचित्र विकास वोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल २१ हजार रुपिंया, इमदरनेपाल डटकमका प्रधान सम्पादक दुर्गाप्रसाद आचार्य ३ हजार येन, प्रकास घोरासैने ५ हजार येन, श्रीकृष्ण आचार्य ३ हजार ५ सय येन, नेत्र न्यौपाने ३ हजार ३५ येन, विनी गुरुड ५ हजार ३ सय ५३ रुपिंया, महेन्द्र सुनुवार ३ हजार ७ सय ५० रुपिंया, सञ्चारकर्मी राजन नेपाल ५ हजार १ सय ११ रुपिंया, देव वास्कोटा ५ हजार रुपिंया, उपेन्द्र पौडेल ५ हजार रुपिंया, रामचन्द्र कार्की ४ हजार ३ सय ३० रुपिंया, वावुराम रिजाल र मुरारी प्रसाद गजुरेल ४ हजार रुपिंया, रुद्र पौडेल (दुवइ) २ हजार ४ सय ५८ रुपिंया, एनपी कडेल २ हजार २ सय २२ येन, प्रिसा पन्थी ३ हजार ३३ येन, ग्याम थापा ५ हजार येन, रघुप्रसाद सापकोटा २ हजार येन, उदय राजवंशी ५ हजार येन, नारायण धिताल र सुनिता गुरुड १० हजार येन, येशु थापा ५ हजार येन, इशा गुरुड (युके) १० हजार रुपिंया, लोकेश गैरे २ हजार २ सय २२ येन, अम्विका कंडेल ५ हजार येन, ओएसनेपालका निर्देशक एवी ताम्राकार १० हजार येन, मिलन थापा २० हजार रुपिंया र काशी जेट्ली १० हजार रुपिंया हुनुहुन्छ ।

व्लड क्यान्सर पीडित पौडेलको अहिले किमो थेरापी चलिरहेको छ र किमो सकिएपछि वोनम्यारो ट्रान्सप्लान्ट सुरु हुनेछ । पत्रकार पौडेलको जीवन वचाउन पहल गर्ने सम्पूर्ण महानुभावहरुलाई अभियानको तर्फवाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।

गोफण्डको यो दिइएको लिंकमा गएर पत्रकार पौडेलको उपचारमा सहयोग गर्न सवैलाई आह्वान गरिन्छ ।

https://www.gofundme.com/f/help-journalist-kamal-poudel?

प्रतिक्रिया