आइतबार, चैत १६ २०७६
काठमाडौं ०४:५५
वासिङटन डिसी 19:10

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरीकाको पहलमा ३ नेपाली सम्मानित

इनेप्लिज २०७६ फागुन ११ गते २२:५७ मा प्रकाशित

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका तथा ब्यालेन्स ग्रुप इङ्कको पहलमा ३ नेपाली सम्मानित भएका छन् । उक्त सम्मान न्यूयोर्क स्थित ज्वीस सेन्टर हल, ज्याक्सन हाईट्समा गत फेब्रुअरी २२ का दिन अमेरिकाको न्यूयोर्क राज्यका डेमोक्र्याट एवम् रिब्लिकन पार्टी का विशिष्ट राजनीतिज्ञहरु, मानवअधिकारवादिहरु, पत्रकारहरु, विभिन्न समुदायका समाजिक अभियन्ताहरु, कलाकार एवम् बुद्धिजीवी तथा बिभिन्न विशिष्ट ब्यक्त्तित्वहरुको उपस्थितिमा आयोजित पार्कर खेलाडी दिनेश सुनार र पाचौं पटक गिनिज बुक अफ वोर्ल्ड रेकर्ड होल्डर उज्ज्वल सिंह ठकुरीद्वयलाई सम्मान तथा विदाई कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

“गोर्खाली पार्कर गोइङ्ग ग्लोबल” का अन्तराष्ट्रिय पार्कर खेलाडी दिनेश सुनारले आफ्नो पाचौं गिनिज बुक अफ वोर्ल्ड रेकर्डका लागि एक मिनेटमा दश पटक वर्पीस जम्प गरेर किर्तीमान राख्न सफल भए । र उक्त किर्तीमान गिनिज बुक अफ वोर्ल्ड रेकर्डले मान्यता दिन भने बाँकी नै छ। आशा छ गिनिज बुक अफ वोर्ल्ड रेकर्डले पार्कर खेलाडी दिनेश सुनारलाई पाचौं प्रमाणपत्रले सम्मान गर्ने छ

यस टिमलाई सम्मान तथा विदाई गरिने कार्यक्रममा न्युयोर्क राज्यका सिनेटर जन ल्युका प्रतिनिधि, क्वीन्सवोरो प्रेसिडेन्ट सारोन लि की प्रतिनिधि, वरिष्ठ कानुनविद खगेन्द्र जि सि, जि.पि. कोइराला फाउण्डेशन अमेरिकाकी सल्लाहकार उमा शाह, अन्तर्राष्ट्रिय पार्कर फेडेरेशनका सस्थांपक एवम् हलिवूड मुभिजका नायक भिक्टोर बेभिन, डेमोक्रयाट फर न्यु-यार्क सिनेटका ईगी टोरोनोभा, स्थानीय नागरिक संघकी अध्यक्ष नउला वोदोर्थी, न्युयोर्क राज्य एसेम्बली मेम्बर क्याटालिना क्रुजकी प्रतिनिधि, न्युयोर्क राज्य एसेम्बली मेम्बर माईकल डेनडेक्करका प्रतिनिधि र न्यूयोर्क सिटी काउन्सिल मेम्बर पल ए भलोनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

म्यानमारका मानव अधिकारवादी एवम् बर्मा पोईन्ट अमेरिकाका अध्यक्ष को मो चेन, भारतीय अमेरिकी कम्युनिटिका नेता एवम् मुस्लिम सेन्टर अमेरिकाका पूर्व महासचिव सलिम सैयद, श्री लंका अमेरिकी समुदायका नेता एवम् तासमिनाका अध्यक्ष अर्साथ ऊदुमुम्बेले, कम्युनिटि बोर्ड-५ का मेम्बर एवम् युवा नेता ज्ञानल थापा, वरिष्ठ कलाकार अभय ढुङ्गेल, नेजसस न्यूयोर्कका सचिब अनिराज पाण्डे र पाचौं पटक गिनिज बुक अफ वर्लड रेकर्डबाट सम्मानीत हुने व्यक्तित्व उज्ज्वल सीङ्ग ठकुरीको पनि उपस्थिति रहेको थियो।

जि.पि. कोइराला फाउण्डेशन अमेरिकाका तर्फवाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्यहरु क्रमशः सुश्री दावा शेर्पा, छिरिङ्ग राप्के लामा,राम चन्द्र अधिकारी, प्रेम पौंडेल, आदित्य महर्जन, सुर्य सिमखडा, मेघा बस्नेत प्रधान, ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा. लि. नेपालका संयोजक मनोज पन्थी लगायत यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटनु भएको थियो।

वर्ल्ड रेकर्डका लागि एक मिनेटमा दश पटक वर्पीस जम्पको उद्घाटन खगेन्द्र जि सि, ईगी टोरोनोभा, चार्ल्स वाङ, मोनिका स्वारेज र दिनेश सुनारले सयुक्त रुपमा रिवन काटेर गर्नु भएको थियो। यस खेललाई उज्जवल ठकुरीले विशेष संयोजन गर्नु भएको थियो भने रयान लामघारेले यस खेलको नियम पढेर सुनाउनु भएको थियो।

विशिष्ट अतिथिहरुले आ-आफ्नो शुभकामना मन्तव्य दिनु भएको थियो भने उज्ज्वल सिंह ठकुरी, दिनेश सुनार र मनोज पन्थीलाई सिनेटर जन लिउ, क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, न्यूयोर्क राज्यका ऐसेम्बली मेम्बर द्वय क्याटलिना क्रुज र माईकल डेनडेक्कर र न्युयार्क सिटी का काउन्सील मेम्बर पल ए भेलोन ले आ-आफ्नो कदरपत्रले सम्मान गर्नु भएको थियो।

कार्यक्रममा दिनेशलाई ईगी टोरोनोभाले गिनिज बुक अफ वर्ल्ड रेकर्ड (चौथो) को प्रमाणपत्र समेत हस्तान्तरण गर्नु भयो। कार्यक्रम फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले संचालन गर्नु भएको थियो भने धन्यवाद ज्ञापन पार्कर दिनेश सुनारले गर्नु भयो।

प्रतिक्रिया