आइतबार, चैत १६ २०७६
काठमाडौं ०५:३५
वासिङटन डिसी 19:50

हर्नडन भर्जिनियामा आफ्नी आमालाई बन्दुक प्रहार गरि हत्या गरेको आरोपमा छोरा पक्राउ

इनेप्लिज २०७६ फागुन ११ गते १३:२१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा आफ्नी आमालाई बन्दुक प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । गत फेब्रुअरी २२ शनिबारका बिहानको समयमा आफ्नी आमालाई हत्या गरेको आरोप लगाइएको छ ।

करिव ३ बजे बिहान फेयरफ्याक्स काउन्टी प्रहरीले १२८०० भवन स्थित लेडी फेयरफ्याक्स सर्कलमा गड़बड़ी भएको खबर पाए पछि प्रहरीहरु त्यहाँ पुगेका थिए । अधिकारीका अनुसार ५३ बर्षिय ब्लान्सा टरसीएस नामकि महिलालाई शरीरको माथिल्लो भागमा धेरै गोली प्रहार भएको जनाएका छन् ।

प्रहरीले अनुसन्धान पछि उनकै २८ बर्षिय छोरा एरिक टरसीएसले गोली प्रहार गरेको ठहर गरेका छन् । उनले केही समय पछि प्रिन्स विलियम काउन्टीका प्रहरी समक्ष आत्म समर्पण गरेका छन् ।

उनलाई पक्राउ गरिएको समयमा उनले प्रयोग गरेको बन्दुक समेत प्रहरीले फेला पारेका छन् ।

श्रोत :एनबिसी वाशिंगटन

प्रतिक्रिया