आइतबार, चैत १६ २०७६
काठमाडौं ०५:५४
वासिङटन डिसी 20:09

डिसीमा एक घण्टाको अवधिमा ५ जनालाई गोली प्रहार भएका मध्ये २ जनाको मृत्यु

इनेप्लिज २०७६ फागुन ११ गते १२:३६ मा प्रकाशित

गत फेब्रुअरी २२ शनिबारका दिन वाशिंगटन डिसीमा एक घण्टाको अवधिमा ३ वटा छुट्टा छुट्टै स्थानमा भएको घटनामा ५ जनालाई गोली प्रहार गरिएको मध्ये २ जनाको मृत्यु भएको छ । डिसी प्रहरीका अनुसार ४:१८ बजे पहिलो गोलीबारी भएको सूचना आएको थियो । उक्त घटना मिनेसोटा अभेन्यु उत्तरपूर्वमा एक वयस्क महिलामाथि गोली प्रहार गरिएको थियो ।

अर्को दोश्रो घटना ४:२३ मिनेटमा एल्भान्स सडकमा एक पुरुषलाई गोली हानिएको थियो र उक्त व्यक्तिलाई अस्पताल भर्ना गरिएको थियो । गत फेब्रुअरी २२ कै दिन ५ बजे डिसीको उत्तरपश्चिममा ३ जनालाई गोली प्रहार गरिएका मध्ये २ जना मानिसहहरुको मृत्यु भएको डिसीका प्रहरी प्रमुख पिटर न्युश्यामले बताएका छन् ।

एक जनाको घटनास्थल मै र अर्कोको अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । र अझ पनि गोली प्रहार गर्ने संदिग्ध व्यक्तिहरुलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएका छन् ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया