उमेश राई फुलन्देको आमा , निग्मा श्रेष्ठको अभिनय मा ‘ढुकुर कुर’ भिडियो सहित”

इनेप्लिज २०७६ फागुन ११ गते १२:११ मा प्रकाशित

काठमाडौँ स् नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका अमृता लिम्बु र गायक कमल मगरको आवाजमा रहेको पुर्वेली गीत ‘ढुकुर कुर ’ गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामिण परिवेशमा रहेका प्रेमी प्रेमिकाको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।

चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले, गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है पर्‍यो,माया हजुर,सोल्टिनी ज्यु,दिक्तेल बजार २,घाम छायाँ जस्ता सफल गीतहरुमा आफनो संगीत दिसकेका संगीतकार डी। आर ।अटुको संगीत तथा शब्द सिर्जना रहेको छ । सुवोल थापाको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ढुकुर कुर ’ गीतको भिडियोमा उमेश राई फुलन्देको आमा , निग्मा श्रेष्ठको अभिनय तथा नृत्य रहेको छ ।

‘ढुकुर कुर ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया